नेपाली काँग्रेस विचार, सिद्धान्त र आदर्शवाट विचलित हुनु दुखद

प्रकाशित मिति:

वालिङ  । प्रजातान्त्रिक विचार समाज स्याङ्जाद्वारा आईतवार वालिङ स्थित पतञ्जली योग पिठमा आयोजना गरिएको समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले नेपाली काँग्रेस विचार, सिद्धान्त र आदर्शवाट विचलित भईसकेको हुँदा पार्टीलाई जिवन्त दिन विपि कोइरालाको विचारलाई आत्मसाथ गरेर अगाडी वढनुपर्ने वताएका थिए । वक्ताहरुले विपीको राष्ट्रबाद , लोकतन्त्र र समाजबादको सिद्धान्तलाई भुलेको बक्ताहरुको दुखेसो थियो । पार्टी भित्र भएको चरम गुटबन्दीको कारण विचार र शिद्धान्त लाई नेतृत्ववाटै लिलाम गरेको समेत आरोप लगाए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रजातान्त्रिक विचार समाजको केन्द्रिय अध्यक्ष डा। केदारनरसिंह केसीले समाज राजनीतिक पार्टीको भातृ संगठन नभई प्रजातान्त्रिक विचारधारा बोक्ने बौद्धिक व्यक्तित्वहरुको संस्था भएकोले पार्टीको भातृ संगठनको रुपमा नहेर्न आग्रह गरे । नेपाली कांग्रेस प्रजातान्त्रिक विचार बोक्ने पार्टी भएकाले केही वैचारिक कुराहरु विचार समाज सँग मिल्ने केसीले बताए । लोकतन्त्रको रक्षाका लागि सैद्धान्तिक दृश्टिकोणबाट विचलित नहुन दललाई खबरदारी गर्नुपर्ने समय आएको बताउदै केसीले प्रजातान्त्रीक विचारबाट बाहिर गइरहेका नेताहरुलाई खबरदारी गर्ने र सही मार्गनिर्देशन गर्ने भुमिका विचार समाजले खेल्नुपर्ने धारणा राखे । अन्तरक्रियामा वालिङ नगरपालिका उपप्रमुख तथा नेपाल महिला संघ स्याङ्जाकी अध्यक्ष कल्पना तिवारीले विपीको बिचार र सिद्धान्तलाई आधार बनाएर पार्टी अगाडी बढेमा पार्टी धेरै माथि पुग्ने उनको तर्क थियो ।

शिर्ष नेताहरु विच बेमेलका कारण विपीको सिद्धान्त लिलामीमा परेको भन्दै उनले पार्टीलाई नेतृत्ववाटै गुटवन्दी र कव्जा गर्ने निहित स्वार्थका कारण यो अवस्थामा पुगेको धारणा व्यक्त गरेकी थिईन् । नेपाली काँग्रेसका नेता तथा बिचार समाजका प्रदेश सदस्य जिवलाल काफ्लेले नेपाली कांग्रेसले लिएको प्रजातन्त्र, राष्ट्रियता र समाजवादको बारेमा देशभर प्रजातान्त्रिक विचार समाजले बहस चलाउनु आवश्यक रहेको धारणा व्यक्त गरे। उनले पार्टीभित्रको मतभेदले कांग्रेसलाई फाइदा पुग्दैन, प्रजातान्त्रिक विचार समाज सबै नेता तथा कार्यकर्तालाई समेटेर बिचार प्रवाहमा अग्रसर हुनुपर्ने धारणा राखेका थिए । प्रजातान्त्रिक विचार समाज स्याङ्जाका अध्यक्ष मुक्तिप्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वालिङ नगरपालिका वाड नं १ का वडा अध्यक्ष केदार काफ्ले, नेपाली काँग्रेसका कार्यवाहक नगर सभापती भिमलाल सुवेदी, सचिव भुपराज बगाले, नेपाल प्रेस युनियन स्याङ्जाका अध्यक्ष प्रदिप कोइराला, प्राध्यापक भिम पंगेनी, रेडियो आँधीखोलाका अध्यक्ष नेत्रप्रसाद पाण्डे, ब्राम्हण समाज वालिङका अध्यक्ष सिताराम अधिकारी लगायतका वक्ताहरुले काँग्रेस जस्तो लोकतन्त्रवादी पार्टी विचार सुन्यताको अवस्थावाट माथी उठाउन समाजले पहल गर्नुपर्ने धारणा राखेका थिए । समाजका जिल्ला अध्यक्ष मुक्ति प्रसाद सुवेदीले प्रजातान्त्रिक विचार समाजले आगामी नयाँ वर्षको अवसर पारेर विचार गोष्ठीको आयोजना गर्ने समेत जानकारी दिएका थिए । कार्यक्रमको सन्चालन समाजकी सचिव सिता गौडेलले गरेकी थिइन् ।