जन सम्पर्क समिति अष्ट्रेलियाको चौथो अधिबेशनको ढोका खुल्यो

प्रकाशित मिति:

जन सम्पर्क समिति अष्ट्रेलिया ले लामो समय पछि चौथो अधिबेशन को ढोका खोलेको छ। केन्द्र को निर्णय र परिपत्र बमोजिम चौथो अधिबेशन का सम्योजक कृष्ण गिरि ले अष्ट्रेलिया का सात वटै राज्यमा अधिबेशन निर्वाचन र तयारी सम्योजक तोकिसके का छन। त्यसै गरि केन्द्रीय निर्वाचन र बिधान सम्सोधन सम्योजक समिति समेत तोकियको छ। महाधिवेशन सम्पन्नता को अग्नि परिक्षामा रहेका सम्योजक कृष्ण गिरि र अन्य सबै उपसमिति हरू कुनै पनि परिस्थितिमा अधिबेशन सम्पन्न गराई छोडने अभियानमा जुटेका छन। सबै बिदेश बिभाग हरूमा पार्टी क्रियाशिल सदस्यता पठाउने तयारीमा जुटेको केन्द्रीय कार्यलय सानेपा ले क्रियासिल सदस्यता पठाय सङ्गै ज.स.स.अष्ट्रेलिया ले महाधिवेशनको थप बिधिवत प्रक्रिया लाई अगाडि बडाउने जनाईयको छ। अष्ट्रेलिया को परिबेस मा NSW (सिड्नि) राज्य लाई विशेष रूपमा हेर्ने गरिन्छ । विशेष गरि केन्द्रीय नेताहरू को नजर मा पर्ने सिड्नि राज्य को चुनावी तयारि समितिको सम्योजक जस्तो महत्त्वपूर्ण जिम्मेवारी स्याङ्जा का सितल गिरि ले पायका छन। गिरि बिगत १ दशक देखि अष्ट्रेलिया बस्दै आयका छन। युवा देखि अग्रज सम्म र नेपाली समुदाय बीच निकटतम सम्बन्ध बनायका गिरि यक कुसल राजनैतिज्ञ पनि हुन। अष्ट्रेलिया भित्र युवाहरू का बिच प्रिय गिरि केन्द्रीय नेताहरू सङ्ग पनि निकट रहेका छन। त्यसै गरि अन्य राज्यहरू मा देहाय बमोजिमको राज्य अधिवेशन तयारी समिति, बिधान संसोधन समिति, निर्बाचन समितिमा जिम्मेवारी तोकेको छ । राज्य अधिबेशन तयारी तथा तदर्थ समितिका संयोजकहरुएनएसडब्लु (सिड्नी), संयोजक : सितल गिरी /भिक्टोरीया (मेलवर्न),संयोजक : रमेश छत्कुली/?क्वीन्सलेण्ड (ब्रिसवेन), संयोजक : अभिमानसिंह बस्नेत साउथ अष्ट्रेलिया (एडिलेड), संयोजक : दिलिप पोखरेल वेष्ट्रन अष्ट्रेलिया (पर्थ), संयोजक : नील थपलीया नर्दन टेरीटोरी (डार्वीन), संयोजक : सिजन गिरी क्यानवेरा–क्वीनविन (एसिटि), संयोजक : भागिरथ सापकोटा ताजमानीया, संयोजक : प्रमोद सापकोटा (टेक) केन्द्रिय निर्बाचन समिति, संयोजक : गणेश केसी बिधान संसोधन समिति, संयोजक : निरज श्रेष्ठ रहेका छन। चौथो महाधिवेशन सफलता का साथ सम्पन्न गर्नका लागि NSW राज्य तयारी समितिका सम्योजक सितल गिरि ले यतिबेला सबै मर्यादित ,सङ्गठित र सहभागी भयर सङ्गठन लाई निकास र गति दिने बेला आयको छ भन्दै सबैमा साथ र सहयोग को अपिल गरेका छन।