कोरोनाबाट मर्नेको संख्या भारतमा ३ पुग्यो, १२८ संक्रमित

४ चैत्र २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया


कोरोना भाइरस (कोभिड १९) को संक्रमणले भारतमा थप एक जनाको मृत्यु भएको छ । भारतको महाराष्ट्रमा ६४ वर्षीयाको मृत्यु भएको हो ।
योसमेत गरेर भारतमा कोरोना संक्रमणले ज्यान गुमाउनेको संख्या ३ पुगेको छ । भारतमा अहिले कोरोनाबाट १२८ जना संक्रमित छन् । त्यसमध्ये महाराष्ट्रका ३६ जना रहेको बीबीसी हिन्दीमा उल्लेख गरिएको छ ।

मार्च १० मा कर्नाटकमा ७६ वर्षीय व्यक्तिको मृत्यु भएको थियो । उनी केही समय पहिला साउदी अरबबाट फर्किएका थिए । पश्चिम बंगालमा ६९ वर्षीया महिलाको मार्च १३ मा मृत्यु भएको थियो ।मृतक महिलाका छोरा भर्खरै स्विजरल्यान्डबाट भारत आएका थिए । उनी कोरोना संक्रमित थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया