आशंका गरिएका नौ बिरामीमा कोरोना संक्रमण नरहेको पुष्टि

४ चैत्र २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया

korona

लहान – केही दिन अघि भारतबाट फर्किएका सिरहा नगरपालिका १० नरहैयाका नौ जनामा कोरोना संक्रमण नरहेको पुष्टी भएको छ। उनीहरुमा रुघाखोकी र ज्वरोको लक्षण देखिएको कारण थप परीक्षणका लागि सोमबार साँझ जानकरुी मेडिकल कलेज जनकपुर पठाइएको थियो।

उपचारको लागि पठाइएका सबैमा कोरोनाको कुनै लक्षण नभेटिएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए। कोरोना भाइरसको लक्षण नदेखिएपछि स्वास्थ्य परीक्षण नै नगराई सबै राति नै आ–आफ्नो घर फर्किएको प्रमुख यादवले बताए।

रोजगारीका लागि भारतका विभिन्न ठाउँमा बस्दै आएका उनीहरुलाई कोरोना भाइरस सङ्क्रमणको आशङ्का लागेर थप उपचारको लागि वडाध्यक्ष जुगत कामतीलगायत स्वास्थ्यकर्मीको टोलीले एम्बुलेन्समार्फत जनकपुर पठाएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया