कोरोना बारे जनचेतना जगाउन काग्रेस नेता सिंहको निर्देशन

प्रकाशित मिति:

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले काठमाडौं महानगरपालिकामा कांग्रेसको तर्फबाट निर्वाचित जनप्रतिनिधि र नेताहरुलाई घरघरमा गएर कोरोना भाइरसबारे जनचेतना जगाउन निर्देशन दिएका छन् । साथै कोरोना भाइरसको त्राससँगै कृत्रिम अभाव सुरु भएको भन्दै उनले जनजीवन सहज बनाउनतेर्फ भूमिका खेल्न निर्देशन दिए ।

मंगलबार काठमाडौं महानगरपालिकामा कांग्रेसबाट निर्वाचित वडाअध्यक्षहरु र पार्टीका क्षेत्रीय सभापतिहरुसँग बबरमहलमा आयोजित छलफलमा नेता सिंहले जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी उनीहरूको सेवामा खटिन निर्देशन दिएका हुन् । ‘विश्वव्यापी महामारीको रुपमा देखापरेको कोरोना भाइरसले पार्न सक्ने असरलाई ख्याल गरी स्थानीय जनताको घर–घरमा पुगेर आमनागरिकको सहयोगमा जुट्नु पर्छ,’ काठमाडौं क्षेत्रनम्बर एकका सांसदसमेत रहेका नेता सिंहले भने ।आमनागरिकमा रहेको त्रास हटाएर वातावरण सहज बनाउने भूमिका जनप्रतिनिधिहरुले निर्वाह गर्नुपर्ने उनको भनाइ छ