पक्राउ परे नक्कली पत्रकार

४ चैत्र २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया


सबलपोष्ट । आफुलाई पत्रकार बताएर सर्वसाधारणलाई ब्ल्याकमेलिङ गर्दै हिड्ने पाल्पाको बगनासकाली गाउपालिका ७ का कपिल बस्याल मंगलवार पक्राउ परेका छन् । उनले न्युज २४ को जनता संग सिधा कुराको रुपन्देही प्रतिनिधी र तिलोत्तमाको रेडियो लुम्बिनीको कार्यक्रम संयोजक हुं भन्दै ब्ल्याकमेल गर्ने गरेको उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीले उनलाई पक्राउ गरेको रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक हेम कुमार थापाले बताए । वस्यालले व्यवसायी र महिलासंग सम्पर्क गरी नजिकिने र पत्रकारको उपमा जोडेर ब्ल्याकमेल गर्ने गरेको खबर पिडीतबाट पायौं, उनले भने, गुनासो र उजुरीका आधारमा पक्राउ गरेका हौं । उनलाई भैरहवाबाट पक्राउ गरि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको थापाले बताए । पक्राउ परेका बस्याललाई अनुसन्धान पछि आवश्यक कानूनी कारवाही प्रक्रिया अगाडी बढाईने प्रहरी कार्यालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया