इरान र स्पेनको अवस्था पनि भयावह बन्दै कोरोना संक्रमण

४ चैत्र २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया


एजेन्सी  –  चीनपछि इटालीलाई आक्रान्त पारेको कोरोना भाइरसको संक्रमण इरान र स्पेनमा पनि तिब्र गतिमा फैलिरहेको छ । इरानमा झण्डै एक हजार र स्पेनमा झण्डै ५ सयको हाराहारीमा मानिसको मृत्यु भइसकेको छ ।

आजमात्रै इरानमा १ सय ३५ जनाको मृत्यु भएपछि मृतकको संख्या ९ सय ८८ पुगेको छ । एकैदिनमा १ हजार १ सय ७८ जना नयाँ संक्रमित भेटिएपछि इरानमा संक्रमितको संख्या १६ हजार १ सय ६९ पुगेको छ । स्पेनमा पनि तिब्र गतिमा फैलिरहेको कोरोना भाइरसको संक्रमणका कारण आज एकैदिन १ सय ३५ जनाको मृत्यु भएको छ ।

स्पेनमा आजैमात्र १ हजार ३ सय ३७ जना नयाँ संक्रमित भेटिएपछि कूल संक्रमितको संख्या ११ हजार २ सय ७९ पुगेको छ । यो तथ्यांक हेर्दा चीन र इटलीपछि इरान र स्पेनको अवस्था भयावह बन्दै गएको देखिन्छ । आजमात्रै चीनमा १३, दक्षिण कोरियामा ६, अमेरिकामा ७, स्वीट्जरल्याण्डमा २, मलेसियामा २, पोल्याण्डमा १ जनाको मृत्यु भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • “कोरोना सक्रमीको दशै अनुभब : अरुको निधार टल्किएपछी आफै लगाए…
  • अधिकारी दम्पित्तीको ब्यबसायीक रफ्तार : सु – सक्षम सप्लायर्सको शुभारम्भ
  • जनसम्पर्क समिति अमेरिकाको केन्द्रीय समितिमा मनोनयन ,दिवाकर वागचन्दको सभापतित्वमा न्यूयोर्क…
  • सिद्धार्थ राजमार्गको सिद्धबाबा नजिकै दुईजना सवार मोटरसाइकल खोलामा खस्यो
  • पाल्पामा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
  • पश्चिम नवलपरासीका बाढि डुवान क्षेत्रमा नेपाल र भारतका पदाधिकारी द्धारा…
  • कांग्रेसका नेता धितालको निधन तीनदिन सम्म रुपन्देहीमा पार्टिको झण्डा झुकाउने
  • विश्व हिन्दु परिषद नेपालद्वारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
  • काँग्रेस सभापतिको उम्मेदवार बन्ने सुजाता कोइरालाद्वारा घोषणा
  • बाबुले गराइदिए छोराको चौरासी पूजा