बैंक ब्याजदरमा छुट गर्ने व्यवस्था मिलाउन सम्बन्धित निकायस सँग माग

प्रकाशित मिति:

प्रेस विज्ञप्ती – हाल महामारीको रुपमा फैलिएको कोरोना भाइरसले उद्योग क्ष्ँेत्र प्रत्यक्ष रुपमा प्रभावित बनेको छ । कच्चा पदार्थ आपूर्ति, उत्पादन एवं विक्री वितरण बन्दको अवस्थाम पुगेको छ । बजार शुन्य बन्दै गइरहेको छ भने आर्थिक मन्दी देखा पर्न थालेको छ । यस्तो अवस्थामा उद्योगहरुले बैंकको कर्जाको किस्ता र ब्याज समयमै तिर्न सक्ने सम्भावना देखिदैन । उद्योगलाई संकट परेको बेला राज्यले संरक्षणको भूमिका खेल्नु पर्दछ भन्ने हाम्रो ठम्याई छ । अतः बैंकको कर्जा किस्ता र ब्याज तिर्ने समय महामारी रोगको प्रभाव नहटेसम्म थप गर्न र प्रभावित समयको बैंक ब्याजदरमा भारी छुट गर्ने व्यवस्था मिलाउन सम्बन्धित निकायस“ग जोडदार माग गर्दछौं ।साथै तपशिलका बु“दाहरुमा गभ्मिर बनिदिनुहुन रुपन्देही उद्योग संघ सम्बन्धित निकायहरु समक्ष हार्दिक आग्रह गर्दछ ।

१. कोरोना भाइरस सम्बन्धी सचेतना कार्यक्रमहरुलाई व्यापक र प्रभावकारी बनाउनुपर्ने ।
२. प्रदेशमा रहेका अस्पतालहरुलाई यथासम्भव नया“ आइसोलेशन सेन्टरहरु तयार गराई राख्न समयमै निर्देशन दिनुपर्ने ।
३. सरकारका हरेक तह, निकाय र सम्बन्धित अंगहरुलाई पूर्ण रुपमा परिचालन गरिनुपर्ने ।
४. कोरोनाका कारण प्रभावित बनेका क्ष्ँेत्रहरुमा विभिन्न खालका छुट, सुविधा र सहुलियतहरु लागू गरिनुपर्ने ।
५. औषधी सेनेटाइजर लगायतका खाद्यान्न सामाग्रीहरुको काला बजारी र अनावश्यक भण्डारण रोक्नका लागि सरकारी निकायबाट पहल कदमी चाल्नुपर्ने । ६. प्रदेशमा रहेका भन्सार नाकाहरुमा आवश्यक चेक जा“च र अनुगमन गरिनुपर्ने ।मितिः २०७६÷१२÷०४

जिवकान्त काफ्ले बाबुराम बोहोरा

महासचिव अध्यक्ष