कलाकारको अडियो काण्डको विषय प्रदेश सभामा प्रवेश ।

४ चैत्र २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया


बुटवल । केही दिन अगाडी कलाकार नारायण लेकालीले वोलेको अडियो सार्वजनीक भएपछी अडियोको विषयले प्रदेश संसदमा प्रवेश पाएको छ । नेपाली कांग्रेसका प्रदेश सभा सदस्य विरवहादुर रानाले केही दिन अघि कोराना भाईरस भन्दा खतरनाक अबिव्यक्ती दीने व्यक्तीका वारेमा छानविन गर्न माग गरेका छन् । अडियोबारे मंगलबार प्रदेश नम्बर ५ को प्रदेशसभामा प्रश्न उठेको हो । प्रदेशसभामा बोल्दै प्रदेश सांसदहरुले सत्ताको आडमा ती कलाकारले धम्क्याएको भन्दै छानविनको लागि सरकारसँग माग गरेका छन् ।  नेकपा निकट बुटवलका कलाकार नारायण खनाल लेकाली ले ठेकेदार राजवीर जयसवालाई धम्की दिएको अडियो आएको भन्दै उनीहरुले छानबिनका लागि संसदीय समिति बनाउन माग गरेका हुन् ।  प्रदेश सभामा नेपाली कांग्रेसका सांसद फकुरुद्धीन खानंले एक जना कलाकारले राज्य आतंक मच्चाउने किसीमले वोलेको अडियो काण्डको विषयमा छानविन गर्न माग गरेका छन् । प्रदेशका मन्त्रीको नाम मुसीएकाले यसको छानवीन हुन आवश्यक रहेको उनको भनाई रहेको थियो ,उनले प्रदेश सभामा सत्ता र शक्तीको आडमा राज्य आतंक पार्ने छुट कसैलाई छ भन्दै प्रश्न गरेका थिए । सामाजिक विकास मन्त्री सुदर्शन बरालले बुटवलमा केही दिन अघि संचालन भएको मेला बन्द गर्ने सन्दर्भमा आफ्नो पनि नाम जोडेर आएकोप्रति प्रष्टाउनु भएको छ । कलाकार नारायण खनाल लेकालीले मन्त्रीलाई भनेर मैले मेला बन्द गराउन लगाएको हुन भन्ने व्यहोराका अडियो सार्वजनिक भएको थियो ।

सामाजिक विकास मन्त्री सुदर्शन बरालले मंगलवार प्रदेशसभा बैठकमा सांसदहरुले उठाएको विषयमा जवाफ दिने क्रममा आफ्नो पनि नाम जोडिएको भन्दै प्रष्टाउनु भएको हो ।उहाले भन्नु भएको छ – एसआर होटलमा कार्यक्रम भएको बेला केही साथीहरु भेट्न आउनु भएको थियो । जस्ले मेरो नाम लिनु भएको छ उहाले मलाई भेट्नु भएको छैन । सामाजिक विकास मन्त्रालयसंग सम्वन्धीत नभएकाले आन्तरिक तथा कानुन मन्त्रीलाई भेट्नु भनेको थिएं ।’मन्त्री बरालले राजनितिक कारणले मेला बन्द भएको भन्ने आफूलाई नलागेको बताउदै कोरोना भाईरसको कारण बन्द भएको बताउनु भएको छ । मेला महोत्सव गर्न प्रतिवन्ध लागेको अवस्थामा मेला चलेको होला भन्ने मलाई लागेको थिएन ।’ उहांले भन्नुभयो – पछि प्रशासनले वन्द गराएछ । त्यसमा सामाजिक विकास मन्त्री र मन्त्रालयको कुनै संलगनता वा भूमिका नभएको जानकारी गराउछु ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया