भाइरसका कारण चीनमा डिभोर्स गर्नेको संख्या बढ्यो

४ चैत्र २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया


एजेन्सी –  विश्वभर फैलाइरहेको माहामारी कोरोना भाइरसका कारण आर्थिक, सामाजिक असर मात्र होइन, गम्भीर पारिवारिक असर समेत पार्न थालेको छ ।कोरोना भाइरसका कारण सम्बन्धविच्छेदका घटना पनि बढ्न थालेका छन् । मिडिया रिपोर्टहरूका अनुसार, हप्तौंसम्मको कोरोना भाइरसको आतंकका कारण कोरोनाको उद्गम मुलुक चीनमा मानिसहरू घरभित्रै बन्दी बनिरहँदा पारिवारिक कलहका घटनामा वृद्धि भएको हो ।

चीनको शिचुआन प्रान्तमा १ महिनाभित्रमा ३ सयभन्दा धेरै दम्पतीले डिभोर्सका लागि निवेदन दिएका छन् । कोरोनाका कारण कार्यालय बन्द भई कामकाजी दम्पती लामो समयसम्म घरभित्र बस्नुपर्दा यसले दम्पतीबीच झगडा उत्पन्न भएको बताइएको छ । जसका कारण दम्पती डिभोर्सको निर्णयमा पुग्न थालेका छन् ।चीनको डाझोउ इलाकाको विवाह दर्ता कार्यालयले कोरोना भाइरसको प्रकोप पछाडिको समयमा सम्बन्धविच्छेदका निवेदनमा वृद्धि भएको पुष्टि गरेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया