नेपाली कांग्रेसका नेताहरु द्धारा बांसटारीमा राहात वितरण

प्रकाशित मिति:

ऋषि बस्याल । स्याङ्जा— स्याङ्जाको कालिगण्डकी गाँउपालिका वडा नम्वर ५ बाँसटारीमा आगालागीबाट भएको क्षतीलाई मलम लगाउन नेपाली काग्रेसका नेताहरु आगालागी स्थलमा पुगेर राहत वितरण गरेका छन् । संविधान सभा सदस्य मोहन प्र पाण्डे , चापाकोट नगर प्रमुख शिब कुमार गिरि , महाधिवेशन प्रतिनिधि गुरु प्र भट्टराई , ने का जिल्ला सदस्य सलिकराम बस्याल ने का जिल्ला सदस्य बुद्धि सागर भण्डारी , सामाजिक सल्लाकार राजकुमार मल्ल , क्षत्रिय प्रतिनिधि कृष्ण मणि बस्याल , गल्याङ उद्योग बाणिज्य संघ सदस्य ऋषि बस्याल , स्वीयु सभापति खगेन्द्र भण्डारी , ने बि संघ पुर्ब क्षेत्रिय सभापति प्रकाश भुसाल लगायतको उपस्थीतीमा राहात सामाग्री वितरण गरीएको हो । संविधान सभा सदस्य मोहन प्र पाण्डे ले २ कुन्टल खाद्यान्न तथा चापाकोट नगर प्रमुख बाट नगद २० हजार प्रदान गरीएको थियो ।

आगालागीबाट करिव २५ लाख बराबरको क्षती भएको थियो । स्थानीय नेत्र प्रसाद न्यौपानेको गोठबाट सल्किएको आगोले ३ घर र ६ गोठ तथा कटेराहरु जलेर नष्ट भएको हो । प्रहरीले दिएको जानकारी अनुसार आगलागीबाट २३ लाख १३ हजार बराबरको प्रारम्भिक क्षती भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक नविन कृष्ण भण्डारीका अनुसार नेत्र प्रसाद न्यौपानेको गोठमाकुडो पकाउनको लागि बालिएको आगोे अचानक गोठमा सल्किएसँगै वरपरी फैलिएकाले ठुलो क्षती भएको बताए । आगलागीमा परि नेत्र प्रसाद न्यौपानेको १ गोठ तथा १ कटेरो जलेकाछन् भने २ वटा भैसी समेत मरेकाछन् त्यस्तै छिमेकी तोलाकान्त न्यौपानेको टिनले छाएको गोठ जलेको छ भने दुई भैसी गम्भिर घाईते भएका छन् । यसैगरी सन्तोष पाण्डेको २ वटाकच्चि घर तथा एक कटेरो जलेको प्रहरीले जनाएको छ । आगलागीमा परी तारा प्रसाद न्यौपानेको गोठ र, कटेरो जलेको छ भने राम प्रसाद न्यौपानेको घर आंशिक रूपमा जलेको छ ।