मोटरसाईकल दुर्घटना हुँदा एक जनाको ज्यान गयाे

४ चैत्र २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया


भक्तपुर –  भक्तपुरको मध्यपुर थिमी नगरपालिका वडा नं. ३ कौशलदारस्थित अरनिको राजमार्गमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।मंगलवार दिउँसो कोटेश्वरबाट सुर्य विनायकतर्फ आउँदै गरेको प्रदेश नं. ३ ०२ ००९प ०३५९ नं.को स्कुटरलाई बा ५८ प १६७७ नं.को मोटरसाईकलले ओभरटेक गरेकाे थियाे ।

ओभरटेक गर्दा दुर्घटनामा परी घाइते भएका उनी काभ्रेपलाञ्चोक पनौती नगरपालिका वडा नं. १२ बस्ने २२ वर्षीय मोटरसाईकल चालक सरोज श्रेष्ठ रहेका छन् । घाइते श्रेष्ठकाे गठ्ठाघरस्थित नागरिक अस्पतालमा उपचारको क्रममा ज्यान गएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्र.ना.उ. दिपक गिरीले जानकारी दिएको छ ।भक्तपुर जिल्ला मध्यपुर नगरपालिका वडा नं‍ ८ बोडे बस्ने १८ वर्षीया स्कुटर चालक ईशा ढेकेलाई प्रहरीले नियन्त्रण लिएर थप अनुसन्धान गरिरहेको गिरीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया