बुटवल अडियो काण्ड : अडियोको विषयमा छानविन गर्न कांग्रेसको माग

प्रकाशित मिति:

बुटवल  – बुटवलमा आयोजना गरिएको एक मेलाका बारेमा सार्वजनिक भएको अडियोका विषयमा छानविन हुनु पर्ने नेपाली कांग्रेस रुपन्देहीले माग गरेको छ । नेपाल घरेलु तथा साना उद्योग महासघ अन्तरगतको प्रदेश महिला उद्यमी समितिले बुटवलमा आयोजना गरेको औधोगिक मेलासंग सम्बन्धीत रहेर सार्वजनिक भएको अडियोका विषयमा नेपाली कांग्रेस रुपन्देहीको गंभिर ध्यानाकर्षण भएको जनाएको हो । नेपाली कांग्रेस रुपन्देहीको बिज्ञप्तीमा अडियो संवादमा आफुलाई कलाकार बताउने नारायण खनाल लेकाली भन्ने व्यक्तिले वोलका अभिव्यक्ति आपत्ती जनक , दलिय दम्भ र सरकारी मिलीभगतको आशंका गर्ने प्रशस्तै ठाउ रहेको बताईएको छ । जिल्ला पार्टि सभापति अब्दुल रज्जाकको हस्ताक्षर रहेको उक्त बिज्ञप्तीमा भनिएको छ –महिला उद्यमीहरुले आयोजना गरेको मेलासंग जोडेर नेपाली कांग्रेस र विभिन्न कलाकारहरुको अपमान गरिनु खेद जनक रहेको छ । निकै तुच्छ र घिर्णित अभिव्यक्ति दिने व्यक्तिलाई कडा कारवाहीको माग गर्दछौं बिज्ञप्तीमा भनिएको छ

अडियोमा प्रदेश सरकारका मन्त्रीहरु र सत्ताको आडमा प्रशासनले समेत पुर्वाग्रही निर्णय र निर्देशन गरेको बुझिन्छ ।त्यसैले यसको सत्यतथ्य बुझि सार्जजनिक गर्न माग पनि गर्दछौं । मेला महोत्सवहरुमा नेपाली कांग्रेसको तर्फवाट सधै साथ र सहयोग रहेको बताईएको छ ।तर उद्यमीहरुलाई अनुमती दिएर विचमै विचल्ली बनाउने काम कुनै पनि हालतमा सहि हुन नसक्ने कांग्रेसले निष्कष निकालेको छ । त्यसैले सरकारले अनुमती दिएर संचालन गरिएको मेला सरकारी आदेश र यस्ता विचौलियाहरुको दवावमा बन्द गरिएको बुझिन आएकोले मेला आयोजकहरुलाई भएको क्षतिको वास्तविकता बुझेर राज्यले नै भरणपोषण गर्न जोडदार माग कांग्रेसले राखेको छ । सरकारवाट निजीक्षेत्रहरुलाई हतोत्साहित गराउने काम भएको कांग्रेस रुपन्देहीले आरोप लगाएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले कोरोना भाईरसको सक्रमण फैलिन सक्ने भन्दै बिचमा नै मेला सञ्चालनमा रोक लगाएको थियो ।