जडीबुटीबाट रोग प्रतिरोधात्मक क्षमतासहितको स्यानिटाइजर नेपालमै

५ चैत्र २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं –  नेपाली जडीबुटीबाट रोग प्रतिरोधात्मक क्षमतासहितको स्यानिटाइजर नेपालमै बनेको छ । वनस्पति विभागले जडीबुटीयुक्त स्यानिटाइजरको फर्मुलासँगै स्यानिटाइजर बनाएर परीक्षण प्रयोग गरेको छ ।यति बेला कोरोना भाइरस कोभिड–१९ बाट बच्न उपयोग गरिने अत्यावश्यक सामग्री मास्क र स्यानिटाइजरको अभाव नेपाली बजारमा देखिएको छ ।विदेशबाट आयात हुने पनि आइरहेका छैनन् । यही बेला अत्यावश्यक सामग्रीमा आत्मनिर्भर बन्न वनस्पति विभागले स्यानिटाइजरको फर्मुलासहित यसको सफल प्रयोग गरेको हो ।

विश्व स्वास्थ्य सङ्गठनको निर्देशिका अवलम्बन गर्दै स्यानिटाइजर बनाइएको विभागले जनाएको छ ।विभागले बनाएको जडीबुटीयुक्त स्यानिटाइजरले एन्टिभाइरल र एन्टिब्याक्टेरियल गुण बोकेको छ ।फर्मुलामै आधारित रहेर बनाइएको स्यानिटाइजरको उपयोग विभागका कर्मचारी र शुभेच्छुकले गरिरहेका छन् ।विभागले बनाएको स्यानिटाइजरको फर्मुला छिट्टै नै सरकारी प्रतिनिधिको रोहबरमा उत्पादनका लागि हस्तान्तरण गरिने बताइएको छ ।विश्व स्वास्थ्य सङ्गठनले अल्कोहलयुक्त स्यानिटाइजरले बारम्बार हात धुनु भन्ने सन्देश दिइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया