ट्रोलर्सको निसानामा नेहा धुपियाका श्रीमान्

५ चैत्र २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया


एजेन्सी –  केही सातापहिले नायिका नेहा धुपिया ‘इट्स हर च्वाइस’ वाला कमेन्टका कारण ट्रोलर्सको निसानामा परिन्। जब यो कमेन्टको समर्थनका लागि उनका श्रीमान् अंगद बेदीले आफ्नो पाँच प्रेमिकाको तस्बिर सेयर गरे, तब उनी आफैं पनि ट्रोलर्सको निसानामा परेका छन्।अंगदले आफ्नी श्रीमतीको समर्थन गर्दै एक पोस्टमा लेखेका छन्, ‘सुन, मेरो कुरा यी हुन् मेरा पाँच प्रेमिका।

जे गर्न सक्छौ गर।’ आफ्नो यो पोस्टमा अंगदले श्रीमती नेहालाई पनि ट्याग गरेका छन् र ह्यासट्यागसहित लेखेका छन् ‘इट्स माई च्वाइस’। वास्तवमा यी तस्बिरमा अंगद आफ्नी श्रीमतीसँग अलगअलग पोजमा देखिएका छन्।तर यस विषयमा अंगदले श्रीमतीलाई गरेको समर्थन प्रशंसकलाई मन परेन। कतिपयले उनलाई श्रीमतीको गल्तीमा साथ दिएका भन्दै ट्रोल गरेका छन्। एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया