विष्णु पौडेल र बास्कोटाको फोटा कुकुर र गोरुमाथि

५ चैत्र २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया


सबलपोस्ट बुटवल, ५ चैत । नेपाल कम्युनिस्ट पार्टी (विप्लव) को विद्यार्थी संगठनले अखिल क्रान्तिकारीले भ्रष्टाचारीको मुख पनि हेर्दिन भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार जग्गा काण्डमा मुछिएका आफ्नै पार्टीका महासचिव विष्णु पौडेल र सेक्युरिटी प्रेस खरिद प्रकृयामा ७० करोड घुसको बार्गेनिङ गरेका गोकुल बास्कोटालाई संरक्षण गरेको भन्दै कारवाही नगरे सशक्त कदम चाल्ने चेतावनी दिएको छ । प्रधानमन्त्री ओलीले पौडेल र बास्कोटालाई संरक्षण कारवाही गर्नुको सट्टा संरक्षण गरेको भन्दै उक्त संगठनले प्रधानमन्त्री ओली, गोकुल बास्कोटाको तस्वीर सहितको पोस्टर बुटवल र साविक लुम्बिनी अञ्चलका सबै जिल्लामा टांसेर विरोध जनाएको अखिल क्रान्तिकारी लुम्बिनी क्षेत्रीय कमिटीका संयोजक विरेन्द्र विकले सबलपोष्टलाई जनाएका छन् । बालुवाटार जग्गा काण्डका आरोपित पौडेल र ७० करोड घुस मागेको अडियो काण्डका आरोपित बास्कोटालाई कारवाहीका लागि दवाव दिन तथा जनतालाई भ्रष्टाचारविरुद्ध जागरुक बनाउन सांकेतिक भण्डाफोर स्वरुप पोष्टर टांसिएको र यसबाट पनि उनीहरुमाथि कारवाही नभए संगठनले सशक्त कदम चाल्ने उक्त संगठनले जनाएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया