नेपाली सेना कालिभक्ति गण ई ब्यारेकद्धारा गजेडी ताल निर्माण सम्पन्न गरी स्थानिय उपभोक्ताहरुलाई हस्तानतरण

प्रकाशित मिति:

भैरहवामा रहेको नेपाली सेना कालिभक्ति गण ई ब्यारेकले रुपन्देही कञ्चन गाउँपालिकामा रहेको प्रशिद्ध गजेडी ताल निर्माण सम्पन्न गरी एक कार्यक्रमका विच स्थानिय उपभोक्ताहरुलाई बुझाएको छ ।
सेनाले कञ्चन गाउँपालिका अध्यक्ष गोकर्णबहादुर क्षेत्री , उपाध्यक्ष गोमा तरामुको रोहवरमा समयमाई सामुदायिक बन उपभोक्ता समितिलाई बुझाएको हो ।
समुहका अध्यक्ष मिनबहादुर थापाले ताल बुझ बुराथ गर्दै सेनाले काम सुरु गरेको तिन महिना मै आकर्षक पार्क सहित ताललाई पर्यटक लोभ्याउने गरी निर्माण गरेकोमा धन्यवाद दिए ।
उनले राष्ट्रपति चुरे संरक्षण समिति अन्तरगत करिव दुई करोड परेको र त्यसबाट सेनाले वोटिङ्ग ल्याण्ड, गार्डेन, हाईल्याण्ड , वाचिङ्ग पुल , पिकनिक स्पट र शौचालय लगायत निर्माण गरेको बताए । उनका अनुसार एक जना मेजर सहित ७० जनाको संख्यामा सेनाको टोली गत तिन महिना देखि अस्थाई ब्यारेक खडा गरेरै दैनिक खटिएको थियो ।
उक्त स्थान जनजाती बस्ती रहेको र त्यस सिमसारमा देविको सदियौ देखि पुजा आज र निकै महिमा गरिदै आएको बताउँदै थापाले अब बाह्य पर्यटकहरु पनि बढ्ने अपेक्षा राखेका छन । गाउँपालिका अध्यक्ष क्षेत्रीले पनि नेपाली सेनाको योगदानको खुलेर प्रशंसा गरेका थिए । उनले चुरे संरक्षण समिति अन्तरगत ५ नम्वर प्रदेश सरकारले दुई करोड गत आर्थिक बर्षमा छुट्टाएको जानकारी दिए ।