विपी विचार राष्ट्यि समाज कपीलवस्तुमा गठन

५ चैत्र २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया


कपिलवस्तु, । विपी विचार राष्ट्यि समाजको जिल्ला सभापतिमा नेपाली कांग्रेसका महासमिति सदस्य रवि ठाकुर चयन भएका छन् । शनिवार तौलिहवामा विपी विचार राष्ट्यि समाजको जिल्ला भेलाबाट कांग्रेस नेता ठाकुर सर्व सम्मत ढंगबाट सभापति पदमा चयन भएका हुन् । समितिको उपाध्यक्ष हरि पोख्रेल, सचिव मो।वजीह अरसद, कोषाध्यक्ष लक्ष्मी गुप्ता ९साव० र सहसचिवमा सर्जु प्र।चौधरी चयन भएका छन् ।

यसै गरी समतिका सदस्यहरुमा विश्वराज रेग्मी, कौशल किशोर पाण्डे, दुनिका भूषाल, कृष्ण बन्जाडे, गंगेशनाथ तिवारी, कमल अधिकारी, राजेश उपाध्याय, माया ज्ञवाली, प्रेमलता भट्ट, सरफराज खांन, रजनीश राज आचार्य र कमल बेलवासे चयन भएका छन् ।

सो अवसरमा समाजको सल्लाहकार समिति समेत गठन गरिएको छ । सल्लाहकारहरुमा सांसद अतहर कमाल, सांसद अभिषेक प्रताप शाह, कांग्रेस नेताहरु दीप कुमार उपाध्याय, सुरेन्द्र राज आचार्य, कमलेश कुमार शर्मा, सुधाकर पाण्डेय र राजेश आचार्य रहेका छन् । समाजको प्रेस सल्लाहकारमा साझा न्यूज पत्रिकाका प्रकाशक सम्पादक गोपाल भण्डारीलाई मनोनित गरिएको छ ।

समाजका केन्द्रिय प्रतिनिधी शरद भट्राईको रोहवरमा समिति गठन गरिएको हो । सामाजका संस्थापक जिल्ला सभापति सुधाकर पाण्डेयले नव नियुक्त अध्यक्ष ठाकुरलाई माईन्युट रजिष्टर हस्तान्तरण गर्दै विपीका विचारहरुलाई गाउं गाउं सम्म पुर्याउन सक्रिय भई क्रियाशील हुन आग्रह गरेका छन् । नव नियुक्त अध्यक्ष ठाकुरले आफुलाई सुम्पिएको जिम्मेवारीलाई सक्रियताका साथ निर्वाह गर्ने प्रतिवद्धता जनाएका छन् । सो अवसरमा अध्यक्ष ठाकुरले सदरमुकाम तौलिहवाको कुनै एक उपयुक्त स्थानमा विपी कोईरालाको शालिक निर्माण गर्ने र सो स्थानलाई विपी चोक नामाकरण गर्ने बताएका छन् ।

कार्यक्रममा नेपाली कांग्रेस रुपन्देहीका नेताहरु हरि न्यौपाने, विष्णु पोख्रेल, कृष्ण पोख्रेल, पत्रकार विक्रम खड्का र नेपाली कांग्रेस कपिलवस्तुका कोषाध्यक्ष शोहरत तेली लगायतको उपस्थिति रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया