१५ दिनभित्र घर भत्काईने

५ चैत्र २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया


बुटवल, ५ चैत्र । बुटवलको राजमार्ग चौराहदेखि मिलनचोक, ट्राफिकचोक, गोलपार्कहुँदै चिडियाखोला सम्मको सडक विस्तारको काम अब अगाडी बढ्ने भएको छ । राजमार्ग चौराहादेखि गोलपार्क सम्मको करिब साढे ३ किलोमिटर सडकलाई ६ लेनमा विस्तार गर्ने कामलाई अगाडी बढाउने योजनासहित व्यापारि मार्ग विस्तार आयोजनाले बुधवार आज १५ दिने सूचना जारी गर्दै सडक मिचेर बनेका घर टहरा हटाउन भनेको छ । पटक पटक सूचना जारी हुदै स्थगित हुँदै आएको पश्चिम नेपालको औद्योगिक एवं ब्यापारीक केन्द्र बुटवलको सिद्धार्थ राजमार्गमा पर्ने मुख्य बजारको सडक विस्तारको काम यो सूचना जारी भएसंगै अब काम शुरु हुने जनाइएको छ । गृह मन्त्रालयले गत हप्ता स्थानिय प्रसासनलाई निर्देशन दिदै सडक विस्तारमा भैरहेको अवरोध हटाएर आयोजनाको कामलाई सहज बनाउन भनेको थियो ।
बुधवार आज भौतिकपूर्वाधार तथा यातायात मन्त्रलय, व्यापारिकमार्ग विस्तार आयोजना, मणिग्राम, रुपन्देहीले मुआब्जा निर्धारण समिति रुपन्देहीको मिति २०७६÷१२÷३ अनुसार ५ जनाको हकमा थप निर्णय गर्ने र बाकिको हकमा केही गर्नु नपर्ने भएकाले ८२ फिट कायम गर्दै त्यसमा भएका भौतिक संरचनाहरु १५ दिनभित्र हटाउन भनिएको छ ।
यो सूचनासंगै सडक अब ६ लेन बनाउन सडक सिमा भित्र वनेका करिव ३ सयबढी घरहरु भत्किने भएका छन् । राजमार्ग चौराहादेखि गोलपार्कसम्मको करिब साढे ३ किलोमिटर सडकलाई ६ लेनमा विस्तार गर्ने कामलाई अगाडी बढाउने योजना ४ बर्षदेखि रोकिएको छ । यो सडक बिस्तारलाई रोक्न घरधनीहरु राजनीतिक दलका नेताहरुको घरघर पुग्नेदेखि पछिल्लो समयमा अदालतमा रिट समेत दिन पुगेका कारण काम अगाडि बढ्न पाइरहेको थिएन ।

अहिले चार लेनमा रहेको यो बुटवल बजारको सडकलाई सर्भिस लेन निर्माण गरी ६ लेन ९सिक्स लेन० को बनाउने तयारी छ । फुटपाथसमेत सडककै क्षेत्रमा पर्दछ । यो सडक खण्डमा पार्कसहित करि ३ सय नीजि, सरकारी तथा सामुदायिक संचरना परेका छन् । बेलहिया–बुटवल सडक विस्तार परियोजनाले ति संरचना भत्काउन भन्दै पटक पटक ३५ दिने सूचना प्रकाशित गरेको छ । परियोजनाले गत बर्षको भदौमा घरधनीहरूले सूचनमा अनुसार सडक अतिक्रमण गरी बनाइएका संरचनाहरू नहटाएपछि कतिपय घरमा डोजर चलाएको थियो तर अदालतले त्यस्लाई रोकेको थियो । सरकारले देशभरका मुख्य राजमार्गलाई ८२ फुट कायम गराउने अभियान अन्तर्गत यसको कार्यान्वयन बुटवलमा पनि गर्न लागिएको हो । अब बन्ने मुख्य राजमार्गको केन्द्रविन्दुबाट दायाँ बायाँ २५र२५ मिटरभित्र पर्ने घरहरु भत्काइने छ । परियोजनाले २०३४ असार २० गतेभन्दा अगाडि निर्माण भएका घरहरूलाई भनी सरकारी निती अनुसार क्षतिपूर्ति दिएका कारण थप दिन नपर्ने बताउदै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया