ग्यांस बिक्रेता संघ,पश्चिम शाखा,रुपन्देहीको अनुगमन

५ चैत्र २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया


रुपन्देही । ग्यांस बिक्रेता संघ,पश्चिम शाखा रुपन्देहीले ग्यांस बिक्रेताहरुको ब्यबसायिक फर्म अनुगमन गरेको छ । ब्यबसायीहरुको समस्या समाधान र अनधिकृत फर्म संचालन गरी ब्यबसाय गरेका ब्यबसायीहलाई संघको समन्वय र नीति नियमहरुमा रही स्थानिय तहमा दर्ता गरी ब्यबसाय संचालन गर्न सुझाव दिन ग्यांस बिक्रेता संघले अनुगमन कार्यलाई निरन्तरता दिएको हो ।

ब्यबसायीहरुलाई स्वस्थ प्रतिस्पर्धा गरी सफल ब्यबसायिक बन्न प्रोत्साहित गर्न र अस्वस्थ प्रतिस्पर्धालाई निरुत्साहित गर्न संघले अनुगमन गरिएको ग्यांस बिक्रेता संघ पश्चिम शाखा,रुपन्देहीका अध्यक्ष कल्पना कुवंरले कञ्चन खवरलाई जानकारी गराउनु भएको छ। वहाले ग्यांस बिक्रेताहरुवबाटै ग्यांस बिक्रेतालाई असर गर्ने गरी खुद्रा ब्यापारीहरुलाई जस्तै सहायक डिलरको रुपमा ग्यांस बिक्री गरिरहेको र सोही सहायक डिलरहरुको अन्त्य गर्न र सहायक डिलरको रुपमा अनधिकृत ग्यांस बिक्री गरिरहेकाहरुलाई संघको नीति र नियममा रही ब्यबसाय संचालन गर्न समेत सुझाव दिन आवस्यक रहेकोले ब्यबसायीहरुकै फर्ममा अनुगमन गरिएको अध्यक्ष कुवंरले बताउनु भएको छ।

नयां ब्यबसायीहरुलाई ब्यसायीहरुको फर्ममै संघको प्रमाण पत्र समेत प्रदान गर्दै ग्यांस बिक्रेताहरुको फर्म अनुगमन गर्दा ब्यबसायी र संघ बिचको सम्बन्धलाई बलियो हुने बिश्वास अध्यक्ष कुवंरले बताउनु भएको छ । संघका अध्यक्ष कल्पना कुवंरको नेतत्वको अनुगमन टोली गते फागुन ११ गते देखि ब्यबसायीहरुको फर्ममा अनुगमन गर्दै आज कञ्चनको रुद्रपुर र गैडहवाको सूर्यपुरामा अनुगमन गरेको हो ।

रुपन्देहीको तिनाउ पुल देखि पश्चिम बुटवल उपमहानगर पालिकाको फर्साटिकर,तामनगर र सेमलार,सैनामैना नगरपालिकाको मुर्गिया,दुधराक्ष र सालझण्डी यस्तै शुद्धोदन,गैडहवा र कञ्चनका ग्यांस बिक्रेताहरु आवद्ध रहेका छन । ग्यांस बिक्रेता संघ,पश्चिम शाखा,रुपन्देहीमा ११५ आधिकारिक ग्यांस बिक्रेता रहेका पश्चिम शाखाका महासचिव जिवन पौडेलले जानकारी दिनु भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • एभरेस्ट आयल सप्लायरमा आगलागी
  • बैदेशिक रोजगारबाट फर्किएकाहरुका लागी एक दिने गहन अभिमुखी करण कार्यक्रम…
  • कांग्रेसका सांसदहरूले फिर्ता गरे दशैं भत्तावापतको रकम
  • कोरोनाको परीक्षण र उपचार जनताले नै गर्नुपर्ने निर्णय फिर्ता लिन…
  • बुटवलको सिंह कम्प्लेक्समा सञ्चालनमा आयो खस्यौली स्नोकर क्लब
  • २४ घण्टामा ३७९० संक्रमित थपिए, उपत्यकामा २३८८, मृत्यु हुने १८…
  • प्रजातान्त्रिक महासंघको सुचना प्रविधि तथा प्रचार बिभागको सचिबमा निरज
  • भैरहवा क्षेत्रमा हुने ओभरलोड तथा ट्राफिक नियम विपरित हुने कार्य…
  • नागरिकलाई सुरक्षित रहदै चाडपर्व मनाउन अनुरोध
  • जिपि कोइराला फाउण्डेसन साइप्रसकीसंयोजक दुलाल द्धारा विद्यार्थीलाई सहयोग