कोरोनाको वहना हुने कालोवजारी नियन्त्रण गर्न खुद्रा किराना व्यावसायीको माग

५ चैत्र २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया

korona

चैत्र ५ बुटवल । कोरानोको वहानामा कालोवजारी बढेको भन्दै त्यसको नियन्त्रण गर्न सवै लाग्नु पर्ने खुद्रा किराना व्यावसायी संघ रुपन्देहीले जनाएको छ । पछिल्लो समय बजारमा दैनिक उपभोग्य बस्तु तथा खाद्यन्यहरुको अभाव देखाई कसैपनि पनि उपभोत्तालाई मर्कामा पार्न नहुने खुद्रा किराना व्यावसायी संघ रुपन्देहीले जनाएको छ ।

संघका अध्यक्ष ज्ञान प्रसाद न्यौपाने आज एक प्रेश विज्ञप्ती जारी गर्दे दैनिक उपभोग्य बस्तु र खाद्यन्यमा किराना व्यावसायी तथा होलसेलर र स्टल राख्ने नाममा कसैले पनि कालोबजारी गरेका स्थानीय प्रशासले कडा कारवार्ही गर्नुपर्ने उल्लेख छ ।

विज्ञप्तीमा कालोबजारी नियन्त्रणका लागि सरकारले प्रभावकारी रुपमा अनुगमन, नियन्त्रण र नियमनको माग गर्दे खुद्रा किराना व्यावसायी संघले सघाउने पर्ने प्रतिवद्धता समेत जनाएको छ । संघले होलसेलर र डिलरहरु समान अभाव बनाएर किराना व्यावसायीहरु अप्ठारोमा नपार्न पनि आग्रह गरेको छ । अनावस्यक स्टक राखेर अभाव देखाउनेहुदाँ स्थानीय प्रशासन बिषेश चनाखो बन्नु पर्ने उल्लेख छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया