काठमाडौंको सानो भर्‍याङबाट १० लाख थान मास्क बरामद

५ चैत्र २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं – प्रहरीले काठमाडौंको सानो भर्‍याङबाट १० लाख थान मास्क बरामद गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले १० लाख थान मास्कसहित गोरखाका विनोद न्यौपानेलाई पक्राउ गरेको हो। कोरोना भाइरस संक्रमणको जोखम रहेको समयमा कालोबजारी गरि मास्क बेचेको भन्ने गुनासो आएपछि अनुगमनको क्रममा न्यौपाने पक्राउ परेको महाशाखाका एसएसपी सहकुल थापाले बताए।

महाशाखाले यस अघि मंगलबार मात्रै बढी मूल्यमा बेच्न खोजिएको १६ कार्टुन स्यानिटाइजर टेकुबाट बरामद गरेको थियो । साथै मंगलबारै महाराजगञ्जबाट १४ हजार मास्क पनि बरामद गरेको थियो। त्यसअघि पनि काठमाडौं प्रहरी परिसर, टेकुले चैतमा २ गते काठमाडौंको विभिन्न स्थानबाट १० लाख ८ हजार मास्क बरामद गरेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • प्रदेश २ मा कोरोनाको उपचार निःशुल्क
  • कैलालीमा तस्करको समूहद्वारा हत्या गरिएका प्रहरी जवानको सम्मानसहित अछाममा अन्त्येष्टि
  • एक दिने गहन अभिमुखीकरण कार्यक्रम बुद्धबार बर्दघाट १२ चौपत्तामा सम्पन्न,
  • तिलोत्तमा सहकारीको साधारण सभा सम्पन्न
  • पहिरोमा परेर ज्यान गुमाएकाको परिवारहरुलाई आठ लाख बढी सहयोग
  • कोरोनाको कहरमा पनि कञ्चन जेसिज सामाजिक सेवा र सम्मानमा निरन्तर
  • पहिलो चरणको मदाने सरसफाइ अभियान सकियो, ७ वटै वडामा गरियो…
  • बाल कलाकार जिया भुषाल अभिनित गायक गोपाल खनालको ‘चित्रेदाई’ सार्वजनिक
  • जन्मदिनको खर्च कटाएर बाबा गुमाएका बच्चाहरूलाई युवा नेता भण्डारीले प्रदान…
  • बलात्कारीलाई फासीको सजाय माग गर्दै सडकमा उत्रिए धुर्कोटका युवा