एसईई परीक्षा स्थगित

५ चैत्र २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं । सरकारले माध्यमिक शिक्षा परीक्षा एसईई स्थगित गरेको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको अनलाइनखबरलाई जानकारी दिए । एसईई परीक्षा चैत ६ गतेदेखि तोकिएको थियो ।

यसअघि सरकारले एसईई परीक्षा नरोक्ने तर सबै परीक्षा केन्द्रमा हेल्थ डेस्क राख्ने निर्णय गरेको थियो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया