कोरोना भाइरस त्राससँगै महँगी र कालोबजारी रोकौं :सभापति शाह

५ चैत्र २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया


कांग्रेसको तर्फबाट निर्वाचित जनप्रतिनिधि तथा नेता कार्यकर्ताहरुलाई घर-घरमा गएर कोरोना भाइरसबारे जनचेतना जगाउन निर्देशन दिएका छन् । साथै कोरोना भाइरसको त्राससँगै कृत्रिम अभाव सुरु भएको भन्दै उनले जनजीवन सहज बनाउनतर्फ भूमिका खेल्न निर्देशन दिए ।
सार्बजनिक लेखासमिती सभापति तथा रुपन्देही क्षत्र न ५ प्रतिनिधि सभा सदस्य माननीय भरत कुमार शाह ले नेपाली कांग्रेस नेता कार्यकर्ता लाई जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी उनीहरूको सेवामा खटिन निर्देशन दिएका हुन् । ‘विश्वव्यापी महामारीको रुपमा देखापरेको कोरोना भाइरसले पार्न सक्ने असरलाई ख्याल गरी स्थानीय जनताको घर–घरमा पुगेर आमनागरिकको सहयोगमा जुट्न अपिल गरेका

छन आम[-नागरिकमा रहेको त्रास हटाएर वातावरण सहज बनाउने भूमिका जनप्रतिनिधिहरुले निर्वाह गर्नुपर्ने उनको भनाइ छ ।कांग्रेस नेता शाहले भने- हामीले गरेर देखाउने बेला यही हो । व्यक्तिगत आकांक्षा त्यागेर दिनरात जनताको सेवामा लागौं‘सरकारले विशेष प्याकेज ल्याउनुपर्छ ।बजारमा कृत्रिम अभाव हुँदासमेत वर्तमान सरकारले हस्तक्षेपकारी भूमिका देखाउन नसक्नु दुःखद भएको बताए । अहिलेको संकटमा सरकारलाई सहयोग गर्न कांग्रेस तयार रहेको बताउँदै नेता शाहले कालोबजारी र महँगी नियन्त्रण गर्न तथा कोरोनाको सम्भावित संकट पार लगाउन सरकारले विशेष प्याकेज ल्याउनुपर्ने बताए ।नेता कार्यकर्ता लाई शाहको अपिल व्यक्तिगत आकांक्षा त्यागेर दिनरात जनताको सेवामा लागौं ।’ सरकारलाई निरन्तर खबरदारी गर्दै सबैजना जनताको सेवामा जुट्नुपर्ने उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया