नेपाली कांग्रेसको कोरना भाईरस विरुद्ध सचेतना अभियान

५ चैत्र २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया


तिर्थराज ज्ञवाली / दाङ – नेपाली कांग्रेस राप्ती गाउँपालिकाले पार्टिको तर्फवाट स्थानिय सरकारलाई कोरना भाईरसबाट नागरिकलाई सजग गर्दै सुरक्षाको प्रत्याभुति गराउन सचेतना पत्र बुझाएको छ ।नेपाली काग्रेश राप्ती गाउँपालिका सभापति दुर्योधन पाण्डेको नेतृत्वमा आएको टोलीले राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदि, उपाध्यक्ष जगदम्वा कुमारी चौधरी र प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजाललाई सचेतना पत्रका साथ कोरना भाईरसबाट बच्न सरसफाईका लागि मास्क तथा सर सफाईमा प्रयोगहुने साबुन समेत उपलब्ध गराएको छ ।
सचेतना पत्रमा विश्व ब्यापी समस्याको रुपमा रहेको कोभिड १९ बाट बच्न र बचाउन सबै लाग्नुपर्ने, सबैलाई सचेत बनाउनु पर्ने र विपदको अवस्थामा सबै राजनितिक दल, नागरिक समाज, तिनै तहका सरकार, आम नागरिक मिलेर अघि बढ्नु पर्ने उल्लेख गरिएको छ ।

साथै पत्रमा राप्ती गाउँपालिकाले कोभिड १९ बाट नागरिकलाई बचाउन अपनाईएका सजकता तथा तयारीमा पार्टिको तर्फवाट समेत साथ र सहयोग रहने उल्लेख गरिएको छ ।नेपाली काग्रेश पार्टिको सचेतना पत्र, मास्क र साबुन बुझ्दै गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिले आउन सक्ने कोरना समस्या बाट सबै एकजुट भई, सजगता अपनाउदै सम्यमताका साथ स्वास्थ्यको ख्याल गरि शरिरको आन्तरिक शक्त्तिको विकास गरि सुरक्षित हुन सबैमा आग्रह गर्दै सचेतनाका लागि स्थानिय सरकारलाई झकझकाएकोमा धन्यवाद समेत दिनु भएको छ ।राप्ती गाउँपालिकाले गत सोमवार विपद ब्यवस्थापन समितिको आकस्मीक बैठक बाट कोरना भाईरस बाट बच्न र बचाउन सचेताना मुलक कार्यक्रम तथा स्वास्थ्य संस्थाहरुलाई तयार गर्न सुरु गरिसकेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया