ट्रम्पद्वारा क्यानाडा र अमेरिकाको बोर्डर बन्द गर्ने संकेत

प्रकाशित मिति:

कृष्ण के सी/अमेरिका – COVID-19 प्याण्डेमिक कोरोना भाइरसको संक्रमतिको संख्या र मृत्यू हुनेको संख्या बढेसंगै विश्वभरि नै सन्त्रास फैलिएको छ। विश्वोका धेरै देशले बोर्डर र थुप्रै फेसिलिटी बन्द गरेका छन्। केहि समय पहिला अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले अमेरिका र क्यानाडाको बोर्डर अनावश्यक यात्रा बन्द गर्ने संकेत दिएका छन्।

राष्ट्रपति ट्रम्पले आपसी सहमतिमा क्यानाडा र अमेरिकाबीचको सिमा अतिआवश्यक बाहेक बन्द गर्ने कुरा उल्लेख गरेका छन्। यससँगै राष्ट्रपति ट्रम्पले नियमित ब्यबसायका आयात निर्यात कुरा भने यथावत रहने कुरा उल्लेख गरेका छन्।