तारा अधिकारीको सुनौलो तारा एल्बम सार्वजनिक

५ चैत्र २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
11 Shares


काठमाडौं  –  गीतकार तारा अधिकारी एल्बम सुनौलो ताराका साथ श्रोता माझआएकी छन् । यो एल्बमको राजधानीमाआयोजित एक कार्यक्रमका बीच पूर्व मन्त्री तथा गीतकार शंकर प्रसाद कोइराला, वरिष्ठ गीतकार तथा चलचित्रकर्मी चेतनकार्की, वरिष्ठ संगीतकार तथा गायक जगतमर्दन थापा, वरिष्ठ गीतकार, गायकतथा संगीतकार गणेश रसिक, वरिष्ठ कलाकार तथा प्रथमनायिका भुवनचन्द, वरिष्ठ लेखिकातथा नारायण गोपाल संगीत कोषकाअध्यक्षउषा शेरचन, तारादेवी स्मृति फाउण्डेसनकाअध्यक्ष दिपक केसी, वरिष्ठ संगीतकार तथा गीतकार दिपक जंगम, वरिष्ठ संगीतकार राजु सिंह लगायतले संयुक्त रुपमा विमोचन गरे । एल्बममा नौ वटा गीतहरु छन् ।दिपक जंगम, बसन्त सापकोटा, कल्याण सिंह, दिपक शर्मा, सुवाष भुसाल, उमेशराज खड्का,

रमेश कडरियाको संगीतमा रहेका गीतहरुमा स्वरुपराजआचार्य, अन्जु पन्त, प्रमोद खरेल, राजसिग्देल, मेलिना राई, विश्व नेपाली, प्रताप दास, अस्मिताअधिकारी, कविताश्रेष्ठ, निकेश राईको आवाज छ । तारा अधिकारीको यो एल्बम सुनौलो तारा दोस्रो एल्बमहो । उनको पहिलो एल्बम सपनाहो ।सुनौलो तारा एल्बममा पहिलो एल्बममा रहेका दुई वटा गीतहरु पनि राखिएका छन् ।एल्बम बिमोचन कार्यक्रममा फुलेको केश बोलको गीतको भिडियो पनि देखाइएको थियो। भिडियोलाई रमेश थापाले निर्देशन गरेका छन् भने दिलिप रायमाझी, सिरु विष्ट, स्वयम् गीतकार तारा अधिकारी र बालकलाकार सुलोचनाआचार्यले अभिनय गरेका छन् ।नवराज उप्रेतीले खिचेको भिडियोलाई नहकुल खड्काले सम्पादन गरेका छन् ।

यो भिडियो गीतकार अधिकारीकै युट्युब च्यानल सुनौलो ताराबाट अपलोड गरिएको छ । कार्यक्रममा यस भन्दा अघि नै सार्वजनिक भइसकेको गीत लुकीलुकी चोरी चोरीको भिडियो पनि देखाइएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथिशंकर प्रसाद कोइरालाले अहिलेको अवस्थामा एल्बम नै निकाल्नु राम्रो कुरा भएको बताउँदै सफलताको कामना गरे । पहिलेको जस्तै कभरमा पेनड्राइभ राखेर एल्बम निकाल्ने शैलीआधुनिक प्रविधि सुहाउँदो भएको उनको भनाई थियो । त्यस्तै वरिष्ठ गीतकार तथा चलचित्रकर्मी चेतन कार्कीले गीत लेखन शैली मात्र नभएर गीतकार तारा अधिकारीको अभिनय पनि राम्रो रहेको बताए । गीतकार तारा अधिकारीले गीतसंगीत एक किसिमको लतभएको बताइन्। आगामी दिनमा पनि संगीत क्षेत्रमा सक्रिय रहिरहने उनको भनाई थियो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया