ब्युटिसियन ट्यालेन्ट नेपालकाे उपाधि जितिन् लिनाले

५ चैत्र २०७६, बुधबार ०   बिचार / प्रतिक्रिया
53 Shares


काठमाडौं  –  ‘ब्युटिसियन ट्यालेन्ट नेपाल २०२०’को उपाधि ललितपुरकी ब्युटिसियन लिना डँगोलले जितेकी छन् ।रोज सिप विकाश तालिम केन्द्र, रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर र बिलक्षण क्रियसनद्धारा मंगलबार बेलुका काठमाडौंमा आयोजित सो प्रतियोगितामा २६ प्रतियोगीलाई पछि पार्दै उनले उपाधि जितेकी हुन् । लिनाले उपाधिका साथमा २५ हजार नगद सहित विभिन्न उपहार समेत हात परेकी छन् ।प्रतियोगितामा बन्दना मग्रातीले फस्ट रनर अपसँगै बेस्ट नेलआर्ट, मिना लामाले सेकेन्ड रनर अप र कन्फिेन्डस, मिसन श्रेष्ठले पब्लिक च्वाईस अवार्डसँगै बेस्ट फिगर अवार्ड जिते ।उनीहरुले अवार्डसँगै ५० हजार रुपैयाँ बराबरको स्पेशल नेल आर्ट कोर्ष पनि जितेका छन् ।

आयोजक रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरकी अध्यक्ष सुन्दरी कारंजितले ब्युटिसियनहरुको ब्यक्तित्वसँगै पेशगत विकाश र प्रतिभा प्रस्तुतिकालागि तीन वर्षदेखि ब्युटिसियन ट्यालेन्ट नेपाल आयोजना गर्दै आएको बताइन् ।जमलको नाचघरमा सम्पन्न प्रतियोगीताको निर्णयकमा अभिनेता सरोज खनाल, अभिनेत्री पल्पसा डँगोल, मिसेस नेपाल युनिभर्स एवम लन्डन फेसन हाउसकी अध्यक्ष मनिषा डँगोल श्रेष्ठ, सञ्चारकर्मी सूर्य चन्द, ब्युटिसियनहरु मिना केसी, शान्ता थापा र लक्ष्मी श्रेष्ठ थिए ।गायकहरु ध्रुब बिस्को, भरत सामरी, रमेश श्रेष्ठ मेलोडीको गायनसँगै उषा लामा, अनिषा लामा र अरु नृत्य कलाकारको डान्सले कार्यक्रमको रौनकता बढेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • आफ्नो नाम जोडिए पछि चापाकोटका मेयरको सक्रियतामा बिबाद टुङ्गियो ।
  • बर्दघाट नगरपालिकालाई नगर प्याव्सनद्दारा २ लाख ५० हजार सहयोग
  •  नवलपरासीको सिमानाकामा आवत जावत भइरहेकोप्रति नेकपा नवलपरासीको गम्भिर ध्यानाकर्षण
  • नवज्योतिले बाड्यो नगरपालिकाको समन्वयमा बिपन्न राहत
  • मुख्यमन्त्रीद्धारा पालिका प्रमुखसंग एकीकृत भिडियो संवाद
  • वालिङ नपाद्वारा राहत वितरण तथा ब्यवस्थापन कार्यविधि पारित
  • हिमचुली बचतद्वारा तीन पालिकालाई सहयोग
  • कोभिड १९ राहत कोषमा १६ लाख १५ हजार ७२५ संकलन
  • शाइन रेसुंगा बैंकद्वारा कोरोना कोषमा साढे २५ लाख
  • तरुण दल बुटवल उपमहानगर समितीद्वारा राहत बितरण