चापाकोटमा नेत्र स्मृति भबनको शिलान्यास

६ चैत्र २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया


चापाकोट । चापाकोट नगरपालिका वडा नम्बर ९ मा बन्न लागेको नेत्र स्मृति भबनको शिलान्यास भएको छ। नगरपालिका प्रमुख शिव कुमार गिरीले आज एक कार्यक्रमका बिच शिलान्यास गर्नु भएको हो ।भबन चापाकोट नगरपालिकाको आर्थिक सहयोगमा बन्न लागेको हो। कार्यक्रमको सभापति भबन निर्माण समितिका अध्यक्ष हिरण्यलाल आचार्य को सभापत्तवमा चापाकोट नगरपालिका प्रमुख शिव कुमार गिरि प्रमुख अतिथिले नेत्र स्मृति भबनको शिलान्यास गर्दै उहाँले समाजमा पुर्याउनु भयको योगदानको उच्च कदर गर्दै समग्र चापाकोटले उहाँलाई स्मरण गरेको जिकिर गर्नु भयो।  नेपाली काग्रेस सभापति रामचन्द्र पंगेनी , नेपाल कम्युनिस्ट पार्टी चापाकोट नगर कमिटी अध्यक्ष सिताराम गैह्रे ,चापाकोट नगरपालिका वडा ९ का वडा अध्यक्ष शंकर भक्त भण्डारीले आफ्ना भनाईहरु राख्नु भएको थियो कार्यक्रममा स्वागत मन्तब्य ने।का नगर सचिब उत्तम आचार्यले राख्नु भएको थियो भने कार्यक्रम सन्चालन ने का वडा ९ का संयोजक रामु बस्यालले गर्नुभएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया