भगवान शिवको उपासना गर्दा गर्न नहुने १५ गल्ती

६ चैत्र २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं – भगवान शिवको उपासना गर्दा हर प्रकारका कष्ट निवारण हुने तथा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । शिव प्रसन्न भएमा जीवनमा कुनै संकट नआउने धार्मीक मान्यता छ । करौडौ श्रद्धालु हरेक दिन भगवान शिवको पूजाआराधना गर्दछन् । तर शिवलाई प्रसन्न पार्ने नाममा कहिलेकाँही केहि विधि र सामग्रीमा ख्याल पुर्‍याइएन भने यसबाट शिवलाई प्रसन्न पार्न सकिन्न । त्यसैले शिवको पूजा गर्दा यी विषयमा विचार पुर्‍याउनुपर्छ ।

१। भगवान शिवलाई तुलसीको पात वा तुलसीको कुनै पनि सामग्रीबाट पूजा गर्नुहुँदैन । तुलसीलाई विष्णु निकट मानिन्छ, जसलाई शिवले स्विकार गर्दैनन् । यसर्थ शिवको उपासनामा तुलसी चढाउनु बर्जित छ ।

२। तिल वा तिलबाट बनेका कुनै पनि प्रसाद, तेल लगायतका कुनै पनि वस्तु भगवान शिवलाई अर्पण गर्नुहुँदैन । तिल भगवान विष्णुको मयल९मैलो०बाट उत्पन्न भएको मानिन्छ । यसर्थ तिल भगवान शिवलाई चढाउनु बर्जित छ ।

३। भगवान शिवको उपासनामा बेसार पनि चढाउनु हुँदैन । बेसारको सम्बन्ध भगवान विष्णु र सौभाग्यसँग रहेको छ ।

अन्यथा बेसार चढाउने ब्यक्तिको चन्द्रमा पक्ष कमजोर भई मन चञ्चल हुन्छ । कुनै पनि क्षेत्रमा परीपक्क काम गर्न सकिदैन ।

४। भगवान शिवलाई उमालिएको दुध पनि चढाउनु हुँदैन । उमालिएको दुधबाट शिवको अभिषेक गर्नु हानिकारक मानिन्छ । शिवलिंगको अभिषेक सदैव चिसो पानी वा काँचो दुधबाट गर्नुपर्दछ ।

५। भगवान शिवलाई नरीवल चढाउन सकिन्छ । तर नरीवलको पानिको अभिषेक गर्नुहुँदैन । अन्यथा धन हानी हुन्छ ।

६। भगवान शिवलाई अक्षता अर्थात रातो रंगमा मुसिएको चामल चढाउँनु हुँदैन ।

७। टुक्रिएको चामल अर्थात कनिका समेत शिवलाई अर्पण गर्न बर्जित छ ।

८। भगवान शिवलाई शंख अर्पण गर्नुहुँदैन । शंखलाई शिवले बध गरेको असुरको प्रतीक मानिन्छ।

९। कालो रंगको वस्त्र पहिरीएर शिब पुजन गर्नुहुँदैन । शिवलाई प्रसन्न पार्न गेरु वस्त्रको धारण उत्तम मानिन्छ ।

१०। शिवलिंगमा चढाइएको प्रसाद भक्तले ग्रहण गर्नु हुँदैन, यसबाट दुर्भाग्य निम्तिन्छ ।

११। शिवको अभिषेक गर्दा हमेशा सुन, चाँदी वा कासबाट बनेका भाडावर्तनबाट गर्नुपर्दछ । स्टील वा प्लास्टिकका भाडा शिव पुजनका क्रममा उत्तम मानिदैन ।

१२। शिवलिंगमा पुजा गर्दा सबैभन्दा पहिला पञ्चामृत अर्पण गर्नुपर्दछ ।

१३। शिवलाई तीन वटा पात स्पष्ट भएको, नच्यातिएको बेलपत्र घोप्टाएर मात्र अर्पण गर्नुपर्छ ।

१४। शिवको उपासनामा केवल सेतो रंगको मात्र फुल अर्पण गर्नुपर्दछ । किनकी सेतो रंग भगवान शिवको प्रीय रंग हो ।

१५। शिवको आराधना गर्दा कुनै मन्त्र नआए १ सय ८ पटक ॐ नमः शिवाय मन्त्रको जप गरे अरु कुनै मन्त्रको उच्चारण गर्नु पर्दैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • केक काटेर होइन सामाजिक काम गरेर मनाउनु पर्छ जन्मदिन :…
  • नेपाल विद्यार्थी फोरम (लोकतान्त्रिक) को पूनर्गठित कार्यसमितिको नाम सार्वजनिक, सभापतिमा…
  • कोरोना संक्रमितप्रति जिम्मेवार बन्दै तिलोत्तमा ,शव व्यवस्थापनको जिम्मादेखि निःशुल्क पिसिआर…
  • मिलन र बिछोडको दोसाँध बैगुनी २ बजारमा
  • आहत मा राहत कार्यक्रम लाई बुद्धि सुवेदीको सहयोग,
  • एनआरएनए स्पेन द्वारा स्वर्गिय भबिस्यता न्यौपानेको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण
  • आज मंगलबारको राशिफल
  • बुटवलमा मंगलवार बिहानै एक संक्रमितको मृत्यु
  • जि पि कोइराला फाउण्डेशन अमेरिकाले २८औं पटक निशुल्क दुग्धजन्य पदार्थहरू…
  • कांग्रेस नेता हरिबोल भण्डारी द्धारा राहत वितरण