काठमाडौं विश्वविद्यालयमा आजबाट बन्द

प्रकाशित मिति:

काठमाडौं- काठमाडौं विश्वविद्यालयले कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आजबाट चैत मसान्तसम्म सम्पूर्ण पठन–पाठन बन्द गरेको छ ।

विश्वविद्यालयले विहीबार एक सूचना जारी गर्दै नेपाल सरकारको निर्णय अनुसार आजबाट लागू हुने गरी चैत मसान्तसम्म पठनपाठन बन्द हुने जनाएको हो । त्यस्तै प्रशासनिक कामहरु भने अर्को सूचना जारी नहुन्जेल सुचारु हुने जनाएको छ ।

विश्वविद्यालयले परीक्षाका विषयमा भने शुक्रबार सबैलाई सूचित गरिने जनाएको छ ।