३० हजार घुस सहित लोकनाथ पराजुली पक्राउ

प्रकाशित मिति:

काठमाडौं । जिल्ला अदालत, कास्कीमा कार्यरत श्रेष्तेदार लोकनाथ पराजुली ३० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराबाट खटिएको टोलीले बुधबार उनलाई रंगेहात नियन्त्रणमा लिएको आयोगका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए ।