आज – ३० आश्विन २०७५ मंगलवारको राशिफल

३० आश्विन २०७५, मंगलवार ०   बिचार / प्रतिक्रिया


मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । भौतिक साधन जुटाउने समय छ ।
मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) विद्या र बुद्धिको विकास हुनेछ । सजिलै अरुको बिश्वास जित्न सकिनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । आकस्मिक धन लाभ हुनेछ ।
सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । शुभकार्यको चर्चा चल्नेछ । मुद्धा मामिलामा सफलता मिल्नेछ ।
तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) भाग्यले विभिन्न अवसर जुराउनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । विशेषले यात्रा हुनसक्छ ।
धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आँटेकोे र ताकेको कार्य पुरा हुनेछ । धार्मिक÷सांस्कृतिक सभा–समारोहमा सरिक हुने अवसर मिल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ ।
कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) शुभकार्यको चर्चा चल्नेछ । महिला वर्ग बाट विशेष सहयोग मिल्नेछ । आर्थिक क्षेत्र मजबुत हुने देखिन्छ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।
बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिन छ । प्रणयसम्बन्ध र रतिराग बढाउने समय छ, तर जीवनसाथी वा प्रेमीरप्रेमिकाले समय नदिनाले दिक्क लाग्न सक्छ ।
कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) छोटो दुरीको लाभदायक यात्रा हुनेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । राज्यबाट मानसम्मान मिल्नेछ । वाहान सुख मिल्नेछ ।
कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) समय प्रतिकुल भई कुलतमा मन जानेछ । घर परिवारमा झैँ–झमेलाको अवस्था आउला । लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला ।
बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) बोलीको भरमा कार्य सम्पादन हुनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । धार्मिक यात्राको योगछ ।
मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) अरुको भलाइका लागि दौडधूप गर्नु पर्नेछ । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । घरायसी विवादपनि बढ्नेछ । चोटपटक लाग्न सक्नेछ ।
मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । वस्त्र लाभ हुनेछ । – ज्यो.पं. नारायणप्रसाद दुलाल

फेसबुकबाट तपाईको प्रतिक्रिया