शुक्रवार देखी अस्ट्रेलिया प्रबेशमा रोक

६ चैत्र २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया


सिड्नी । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले शुक्रबार राति ९ बजेदेखि अस्ट्रेलियन नागरिक तथा स्थायी बासिन्दा बाहेक सबैलाई अस्ट्रेलिया प्रबेशमा रोक लगाइने घोषणा गरेका छन् । केही दिनअघि उनले अस्ट्रेलियन नागरिक तथा स्थायी बासिन्दालाई छिटो अस्ट्रेलिया फर्किन आह्वान गरेका थिए ।शुक्रबारदेखि अस्ट्रेलियामा नागरिक तथा स्थायी बासिन्दा बाहेक कोही पनि प्रवेश नपाउने भएपछि अस्ट्रेलिया झन्डै ‘लक् डाउन’ भएको विस्वास गरिएको छ तर उक्त शब्द प्रयोग भने गरिएको छैन ।

अस्ट्रेलियामा कोरोना भाइरस देखिएकामा ८० प्रतिशत विदेशबाट आएकाहरु वा उनीहरुको सम्पर्कमा गएकाहरु छन् । अस्ट्रेलियाले कोरोना भाइरसबाट देशलाई सुरक्षित् राख्न यो निर्णय लिएको हो । विद्यालय र सुपरमार्केटहरु बन्द गरिएका छैनन तर एक सय बढी जम्मा हुने भित्री गतिविधिहरु र पाँच सयभन्दा बढी जम्मा हुने बाहिरी गतिविधि बन्द गर्न आदेश दिइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया