सुनको मुल्यमा गिरावट

प्रकाशित मिति:

काठमाडौ । सुनको मूल्य एकै दिन तोलामा १ हजार ५ सय रुपैयाँ घटेको छ। दैनिक नयाँ रेकर्ड बनाउँदै अघि बढेको सुनको मूल्य घटेर तोलाको ७५ हजार रुपैयाँमा आएको छ। बुधबार सुन तोलाको ७६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। तर, आज ९बिहीबार० सुनको मूल्य तोलाको ७५ हजार रुपैयाँ आएको छ।
तोलामा ८२ हजार ७ सय पुगेर सुनको मूल्यले इतिहास रचेको थियो। त्यसपछि घटेर ७५ हजारमा आएको छ। कोरोना भाइरसका कारण निरन्तर बढेको सुन फेरी घटन सुरु गरेको नेपाल सुन चाँदी व्यवसायी महासंघको भनाइ छ।