इटालीमा कोरोनावाट एकैदिन ४७५ जनाको मृत्यु, ४२ सय नयाँ सङ्क्रमित

प्रकाशित मिति:

काठमाडौ । इटालीमा एकैदिन ४ हजार २ सय ७ कोरोना भाइरस कोभिड  १९० सङ्क्रमित बिरामी थपिएका छन्। २४ घन्टाभित्र कोरोना भाइरस सङ्क्रमणका नयाँ बिरामी थपिएको यो हालसम्मकै उच्च भएको इटालीले जनाएको छ। पछिल्लो २४ घन्टामा उक्त भाइरसको सङ्क्रमणबाट ४ सय ७५ जनाको मृत्यु भएको छ। यससँगै इटालीमा कोरोना भाइरस सङ्क्रमणबाट मर्नेको सङ्‍ख्या २ हजार ९ सय ७८ पुगेको छ।

इटालीमा कूल सङ्क्रमितको सङ्ख्या ३५ हजार ७ सय १३ पुगेको तथ्याङ्‍क छ। चीनको हुबेई प्रान्तको उहानबाट फैलिएको यो भाइरसले हाल युरोप, अमेरिका तथा खाडी राष्ट्रहरुमा आतङ्‍क मच्चाइरहेको छ। चीनमा भने पछिल्लो समय यसको सङ्क्रमण नियन्त्रणउन्मुख देखिएको छ। विश्व स्वास्थ्य सङ्‍गठनले कोरोना भाइरसलाई विश्वव्यापी महामारीु घोषणा गरिसकेको छ।विश्वभर कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या २ लाख बढी पुगिसकेको छ भने ८ हजार बढीले ज्यान गुमाइसकेका छन्।नेपाल न्युज वाट साभार