कैदी बन्दीको संख्या घटाउन कानून न्याय तथा मानव अधिकार समितिको निर्देशन

प्रकाशित मिति:

काठमाडौं । प्रतिनिधिसभाको कानून न्याय तथा मानव अधिकार समितिले तत्काल कैदी बन्दीको संख्या हटाउन सरकारलाई निर्देशन दिएको छ । बिहीबार बसेको समितिको बैठकले कारागारमा कोरोना भाइरस संक्रमण भएमा जटिल अवस्था आउने भन्दै कैदी बन्दीको संख्या घटाउन गृह मन्त्रालयलाई निर्देशन दिएको हो ।हाल नेपालका धेरै कारागारमा क्षमता भन्दा धेरै कैदी बन्दी राखिएको छ । मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले विदेशमा पनि यस्तो अभ्यास भएकाले नेपालमा पनि कैदी बन्दीको संख्या घटाउन निर्देशन दिएको बताए ।