कोरोनाको जोखिमका कारण भलाई कोषका कर्मचारीमा आलोपालो

६ चैत्र २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया


तिलोत्तमा – यातायात मजदूर तथा व्यवसायी भलाइ कोष बुटवलले कोरोना भाइरसकोजोखिम न्युनीकरणका लागि कर्मचारीमा आलोपालो  प्रणाली लागू गरेको छ ।कोषको कार्यसमितिको बैठकले कोरोना भाइरस संक्रमण फैलिन नदिन कर्मचारीहरुका लागि यस्तो निर्णय गरेको हो । कोषमा हरेक शाखाको काममा बाधा नपर्ने गरी आलोपालो संस्थामा काम गर्नेगरी निर्णय गरिएको कोषका महासचिव योग गुरुङले जानकारी दिए । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको बैठकले कोरोना संक्रमणको जोखिम हुने भन्दै एक ठाउँमा २५ जना भन्दा बढी

मानिसको भेला हुन प्रतिबन्ध लगाएपछि यातायात मजदूर तथा व्यवसायी भलाइ कोषले आफ्नो कार्यालयमा पनि यो नियम लागू गरेको कोषका अध्यक्ष दिनेश फुल्लेलले जानकारी दिए ।कोषमा कार्यरत कुल कर्मचारीको संस्था ८० जना छ भने प्रभान कार्यालयमा मात्र ४० जना कर्मचारी कार्यरत छन् । शुक्रबारदेखि लागू हुने गरी अव कोषका हरेक शाखामा कार्यरत कर्मचारीहरु आलोपालो हाजिर हुने र संस्थाको कार्यसम्पादन गर्ने फुल्लेलले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • पत्रकार भुवन केसी अर्थमन्त्री पौडेलको प्रेस सल्लाहकारमा नियुक्त
  • मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत
  • स्याङ्जाका पहिरो पीडितलाई युरोपका नेपालीले गरे साढे ५ लाख आर्थिक…
  • जि पि कोइराला फाउण्डेशन अमेरिकाले २९ औं पटक निशुल्क दुग्धजन्य…
  • कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या आठ सय नाघ्यो
  • गायिका निरुशा भट्टराईको गीत सार्वजनिक
  • रअ प्रमुखसँग भेट नभएको देउवा द्धारा स्पष्ट
  • पहिरोमा परेर ज्यान गुमाएकाको परिवारलाई सहयोग
  • बिजया दशमीको पुर्व सन्ध्यामा हरैया बजार क्षेत्रको सरसफाई
  • नगर भरी ३४ वटा घरको शिलान्यास, दुई महिना भित्रै निर्माणको…