अखिलले माग पूरा नभएको भन्दै राममणिको प्रशासनमा तालाबन्दी

६ चैत्र २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया


तिलोत्तमा – विभिन्न २१ बुँदे शैक्षिक माग राख्दै आन्दोलनमा उत्रिएको अनेरास्ववियु राममणि बहुमुखी क्याम्पसले बिहीबार क्याम्पसको प्रशासनमा पनि तालाबन्दी गरेको छ ।क्याम्पस प्रमुखको कार्यकक्ष र लेखाशाखामा तालाबन्दी गरेको अखिलले माग पूरा नभएको भन्दै बिहीबार प्रशासनमा पनि तालाबन्दी गरेको हो । प्रशासनमा तालावन्दीपछि क्याम्पसको प्रशासनिक कामकाज प्रभावित भएको छ ।बारम्बार आग्रह गर्दा पनि माग पूरा नभएपछि बाध्य भएर प्रशासनमा पनि तालाबन्दी गर्नु परेको संगठनका अध्यक्ष सागर न्यौपानेले बताए । आफूहरुका माग पूरा नभएसम्म तालाबन्दी जारी रहने पनि उनले बताए ।संगठनका अर्का अध्यक्ष योगेश पराजुलीले वृद्धि गरिएको भर्ना र मासिक शुल्क फिर्ता गरी नयाँ शुल्क निर्धारण गर्न,

भवन निर्माणको टेन्डर अन्तिम समयमा रद्द गरिएकाले तत्काल निर्माण कार्यलाई अगाडि बढाउन, इ–लाईब्रेरीको समुचित व्यवस्थापन गरी प्रभावकारिता बढाउन माग गरिएकोमा प्रशासनले बेबास्ता गरेको बताए ।त्यस्तै अनेरास्ववियुले लाईब्रेरीबाट सबै विषयका किताब उपलव्ध गराउन, पुराना संस्करणका किताब हटाई नयाँ संस्करणका किताब राख्न, स्टडी जोनका लागि तत्काल जग्गा उपलव्ध गराउन, अतिरिक्त प्रतिभा भएका विद्यार्थीहरुका लागि फरक फरक विधाका शिक्षक राख्न, प्रयाप्त मात्रामा खेल सामग्री उपलव्ध गराउन पनि माग गरेको छ ।क्याम्पसको सभा सम्मेलनमा विद्यार्थी प्रतिनिधि सहभागी गराउन, क्याम्पसको आर्थिक हिसाव पारदर्शी गर्न,

हालै विज्ञान संकायका संयोजक सहित टोलीले क्याम्पस छाडेको भन्दै यसको छानविन गरी दोषीउपर कारवाही गर्न, अध्ययनरत विद्यार्थीका निम्ति तिलोत्तमा नगरभित्र यातायात सुविधा तत्काल व्यवस्था गर्न पनि अनेरास्ववियुले माग गरेको छ ।त्यस्तै अनेरास्ववियुले यातायात शुल्क घटाउन, रोकिएको बिबिएस अंग्रेजी माध्यमको भर्ना सुचारु गर्न, क्यान्टिन सर्वशुलभ र व्यवस्थित गर्न, शौचालयको नियमित सरसफाई र मरम्मत गर्न, सबै तलामा जाडोमा तातो पानी र गर्मीमा चिसो पानीको व्यवस्था गर्न, गुणस्तरीय शिक्षक राख्न, शिक्षकहरुको अनुशासनमा ध्यान दिन, प्राथमिक उपचारसँगै औषधि समेत उपलव्ध गराउन र क्यूएए प्राप्तिका लागि भनेर बनाइएका संरचना देखावटी भएकाले उक्त संरचनालाई क्याम्पसको समग्र हितमा प्रयोग गर्न माग गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • पत्रकार भुवन केसी अर्थमन्त्री पौडेलको प्रेस सल्लाहकारमा नियुक्त
  • मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत
  • स्याङ्जाका पहिरो पीडितलाई युरोपका नेपालीले गरे साढे ५ लाख आर्थिक…
  • जि पि कोइराला फाउण्डेशन अमेरिकाले २९ औं पटक निशुल्क दुग्धजन्य…
  • कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या आठ सय नाघ्यो
  • गायिका निरुशा भट्टराईको गीत सार्वजनिक
  • रअ प्रमुखसँग भेट नभएको देउवा द्धारा स्पष्ट
  • पहिरोमा परेर ज्यान गुमाएकाको परिवारलाई सहयोग
  • बिजया दशमीको पुर्व सन्ध्यामा हरैया बजार क्षेत्रको सरसफाई
  • नगर भरी ३४ वटा घरको शिलान्यास, दुई महिना भित्रै निर्माणको…