राप्तीको १३औं बैठकले १५ विषयमा नयाँ निर्णय

६ चैत्र २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया


तिर्थराज ज्ञवाली / दाङ – राप्ती गाउँपालिका गाउँकार्यपालिकाको १३ औं बैठकले १५ विषयमा नयाँ निर्णय लिएको छ ।गाउँकार्यपालिकाका अध्यक्ष नुमानन्द सुवेदिको अध्यक्षतामा बसेको बैठकबाट कोरना भाईरसको संक्रमण प्रति सजगता, रोकथाम तथा नियन्त्रणका लागि कार्य सुरुवात गर्दै विभिन्न योजनाहरुको नाम र रकममा स्थानिय नागरिकको चाहना अनुसार कार्य गर्ने निर्णय गरेको छ ।बैठकले कोरना भाईरसको संक्रमण प्रति सजगता,रोकथाम तथा नियन्त्रण प्रयासहरुको वारेमा जानकारी गराउदै सर्ब साधारण लाई नडराई सजगता अपनाउन समेत सबैमा आग्रह गरेको राप्ती गाउँपालिका गाउँकार्यपालिका प्रबक्ता विद्याशरण चौधरीे जानकारी दिनु्भएको छ ।बैठकले नमूना आँपखोली ट्याङ्की निर्माण कार्यको रकम,

पशु सेवा शाखाबाट प्राप्त बजेटको शिर्षक रकम,४ नं वडाको बजेट स्रोतान्तर र योजना परिवर्तन, ६ नं वडाको बगरापुर सगरापुर नाली, ९ नं वडाबाट प्राप्त बाटो, २ नं वडाको बराखुट्टी देखि आदर्श मा वि को बाटो, ५ नं वडाबाट प्राप्त रकम,प्रगन्ना तथा बडका पथ सिचाई आयोजनाको सिफारिस,मुक्त कमैया उत्थान कार्यक्रमको रकम लगायतका विषयमा निर्णय गरिएको प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजाले जानकारी दिनुभएको छ ।पछिल्लो समयमा छिटैहुने गाउँसभामा लैजाने गरि कार्यपालिका बैठकमा सर्वहीत बचत तथा सहकारी संस्थाका सम्बन्धमा, ४ नं वडा अन्तरगत दोलेखोला पक्की पूल निर्माणको डिपिआर, करन्दी सामूदायिक भवनको निमार्ण सहयोग, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम माग गरेका विद्यालयहरुको सिफारिसका विषयमा समेत निर्णय गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • बैदेशिक रोजगारबाट फर्किएकाहरुका लागी एक दिने गहन अभिमुखी करण कार्यक्रम…
  • कांग्रेसका सांसदहरूले फिर्ता गरे दशैं भत्तावापतको रकम
  • कोरोनाको परीक्षण र उपचार जनताले नै गर्नुपर्ने निर्णय फिर्ता लिन…
  • बुटवलको सिंह कम्प्लेक्समा सञ्चालनमा आयो खस्यौली स्नोकर क्लब
  • २४ घण्टामा ३७९० संक्रमित थपिए, उपत्यकामा २३८८, मृत्यु हुने १८…
  • प्रजातान्त्रिक महासंघको सुचना प्रविधि तथा प्रचार बिभागको सचिबमा निरज
  • भैरहवा क्षेत्रमा हुने ओभरलोड तथा ट्राफिक नियम विपरित हुने कार्य…
  • नागरिकलाई सुरक्षित रहदै चाडपर्व मनाउन अनुरोध
  • जिपि कोइराला फाउण्डेसन साइप्रसकीसंयोजक दुलाल द्धारा विद्यार्थीलाई सहयोग
  • गोकर्ण विष्टले फिर्ता गरे दसैँ भत्ता