कोरोना भाइरस अमेरिकामा व्हात्तै बढ्यो धेरै ब्यबसाय बन्द गरिंदै

६ चैत्र २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया


अमेरिका – राष्ट्रपति ट्रम्प प्रशासन कोरोना भाइरस COVID-19 प्याण्डेमिकलाइ स्लो गर्न युद्ध स्तरमा काम गर्न लागेको छ। अमेरिकी सर्जन जनरलले इटालीमा जुन रुपमा १ हप्ता अगाडी स्थिति थियो हाल अमेरिकाको स्थिति पनि सोहि अवस्थामा रहेको छ भनेका छन्। उनले यो बिषयमा फैलिएका विभिन्न सर्ने र नसर्ने जस्ता कुनै पनि हल्लामा नलाग्न समेत भनेका छन्।उसै पनि COVID-19 प्याण्डेमिक कोरोना भाइरसको संक्रमतिको संख्या र मृत्यू हुनेको संख्या विश्वभरि बढेको छ। युरोपको स्थिति भयाबह छ। तर चाइनाले भने पहिलो पटक अन्तरिक रुपमा सो भाइरसको केश नभएको जनाएको छ।यसैबीच, अमेरिकामा लगभग २७०० केश पछिल्लो २४ घण्टामा बढेको कुरा CNN ले बताएको छ।

९,००० जनाको टेष्ट्मा पोजिटिभ पाइएको छ भने १४९ जनाको मृत्यू भएको छ।सिडिसिले मार्च १८, २०२० मा दिएको रिपोर्ट अनुसार ट्राभलबाट २६९, व्यक्तिबाट २७६ सरेको थियो भने ६४९३ जना कसरी संक्रमित भए त्यो छानविन गर्दै रहेको बताएको छ।एबिसी ७ न्यूजका अनुसार, क्यालिफोर्नियामा ड्राइभर लाइसेन्सको लागि ड्राइभ टेस्ट ३० दिनको लागि बन्द गरेको छ। सान फ्रान्सिस्को क्षेत्रमा जेपी मोर्गन चेजले थुप्रै शाखा बन्द गर्ने भएको छ।हाल सम्म सान फ्रान्सिस्को बे एरियामा सोनोमामा ८, सोलानोमा ८, मरिनमा १५ , कण्टाकोष्ट्रामा ४१, सान फ्रान्सिस्कोमा ५१, आलामेडामा ३१, सान माटेयोमा ८०, सान्ताक्लारामा १७५ र सान्ता क्रुजमा १३ जना गरि ४२२ जना संक्रमित भएका छन्। यो क्षेत्रमा जम्मा ७ जनाको मृत्यू भएको छ। यो संख्या गत २४ घण्टामा लगभ दुइगुणाले बढेको छ।कृष्ण के सी

फेसबुकबाट तपाईको प्रतिक्रिया