संम्भाबित संक्रमणबाट जोगिन कञ्चनका सम्पुर्ण शैक्षिक संस्थाहरु बन्द

६ चैत्र २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया


कञ्चन / जगिलाल थापा – बिश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (केभिड १९)को संक्रमण र जोखिमलाई न्युनिकरण गर्नको लागि कञ्चन गाउपालिकाले मातहतका सम्पुर्ण शैक्षिक संस्थाहरु संचालन नगर्न सूचना प्रकाशित गरी निर्देशन गरेको छ ।चिनको हुवान प्रान्तबाछ्ट शुरु भई बिश्वका बिभिन्न देशहरुमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९)को सम्भाबित संक्रमणबाट सुरक्षित हुन तथा जोखिम न्युनिकरण गर्न यस कञ्चन गाउपालिका मातहतका सम्पुर्ण शैक्षिक संस्थाहरु,भाषा एबं ट्युसन कक्षालर बालबिकास केन्द्रहरु अर्को सूचना प्रकाशित नभए सम्मका लागि अनिवार्य रुपमा बन्द गर्न कञ्चन गाउपालिका शिक्षा शाखा प्रमुख रमेश भुषालद्धारा हस्तारक्षित सूचनामा भनिएको छ ।

यसैगरी कञ्चन गाउपालिकाको एकमात्र बहुमुखी क्याम्पस हरैया बहुमुखी क्याम्पसले आजै सूचना प्रकाशित गरी अर्को सूचना नभए सम्मको लागि क्याम्पसको सम्पुर्ण पठनपाठन बन्द गरेको छ।हरैया बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख प्रकाश खनालद्धारा हस्ताक्षरित सूचनामा महामारीको रुपमा बिश्वब्यापी फैलिरहेको कोरोना भाइरसको जोखिमलाई न्युनिकरण र संम्भाबित संक्रमणबाट जोगिन चैत्र ६ गते देखि चैत्र मसान्त सम्म क्याम्पसको सम्पुर्ण पठनपाठन बन्द रहने कुरा उल्लेख गरिएको छ ।कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक तथा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलको सचिवालयद्धारा सूचना प्रकाशित गरी कोरोनाको संभाबित संक्रमणबाट सुरक्षित हुन भनि हिजो मात्र आजबाट शुरु हुने भनिएको एसईई को परीक्षा आकस्मिक रुपमा स्थगन गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • प्रदेश २ मा कोरोनाको उपचार निःशुल्क
  • कैलालीमा तस्करको समूहद्वारा हत्या गरिएका प्रहरी जवानको सम्मानसहित अछाममा अन्त्येष्टि
  • एक दिने गहन अभिमुखीकरण कार्यक्रम बुद्धबार बर्दघाट १२ चौपत्तामा सम्पन्न,
  • तिलोत्तमा सहकारीको साधारण सभा सम्पन्न
  • पहिरोमा परेर ज्यान गुमाएकाको परिवारहरुलाई आठ लाख बढी सहयोग
  • कोरोनाको कहरमा पनि कञ्चन जेसिज सामाजिक सेवा र सम्मानमा निरन्तर
  • पहिलो चरणको मदाने सरसफाइ अभियान सकियो, ७ वटै वडामा गरियो…
  • बाल कलाकार जिया भुषाल अभिनित गायक गोपाल खनालको ‘चित्रेदाई’ सार्वजनिक
  • जन्मदिनको खर्च कटाएर बाबा गुमाएका बच्चाहरूलाई युवा नेता भण्डारीले प्रदान…
  • बलात्कारीलाई फासीको सजाय माग गर्दै सडकमा उत्रिए धुर्कोटका युवा