कोरोनाबाट भारतमा ४ जनाको मृत्यु, १७३ संक्रमित

६ चैत्र २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया


नयाँदिल्ली  –  भारतमा नोभेल कोरोना भाइरस अर्थात कोभिड-१९ का कारण चारजनाको मृत्यु भएको छ । त्यसैगरी संक्रमितको संख्या १७३ पुगेको छ ।पञ्‍जाबमा बिहीबार संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या चार पुगेको हो । विश्वभर कोरोना महामारीबाट मृत्यु हुनेको संख्या नौ

हजारभन्दा बढी पुगेको छ भने दुई लाखभन्दा बढी संक्रमित भएका छन् ।यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा उच्चस्तरीय बैठक बसेर कोभिड-१९ का विषयमा गरिएको तयारीका सम्बन्धमा छलफल भएको बताइएको छ । – डीएनए इन्डिया

फेसबुकबाट तपाईको प्रतिक्रिया