निर्यात गर्ने गरी नमुना सुन्तला नर्सरी तयार गर्दै  धुर्कोट गाउँपालिका

६ चैत्र २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
0 Shares


सम्झना पाख्रेल चैत्र ६, गुल्मी । गुल्मी जिल्लाको ग्रामिण क्षेत्रमा रहेको धुर्कोट गाउँपालिकालाई एउटा नमुना कृषि गाउँपालिका बनाइने भएको छ । कृषिमा आधुनिकिकरण गर्दै व्यवसायिक रुपमा अगाडि बढ्नको लागी स्थानिय सरकार लागिपरिरहेको छ । पछिल्लो समयमा वैदेशिक रोजगारीमा जानेको सँख्या बढेसँगै स्थानिय सरकारले गाउँमै रोजगारीका वातावरण सिर्जना गर्ने हेतुले धुर्कोट गाउँपालिकाका केहि वडाहरुलाई स्मार्ट कृषि गाउँको रुपमा छनोट गरेको छ । ति वडाहरुमध्ये वडा न. ४, ५, ६ र ७ वडालाई विशेष प्राथमिकता दिइएको छ । अहिले व्यवसायिक रुपमा आधुनिक शैलिद्धारा खेति गर्न थालिएको छ ।  धुकोट गाउँपालिका सुन्तला जात फलफुल, मकै र तरकारीको लागि प्रख्यात रहेको छ । त्यस्तै बाख्रा पालन तर्फ पनि यहाँका किसानहरु निकै आर्कषित देखिएका छन् । अहिले १ घरले ९० वटा सम्म बाख्रा पालिरहेका छन् । त्यस्तै कृषितर्फ यहाँका बासिन्दालाई आर्कषित गर्न प्रोत्साहन स्वरुप स्थानिय सरकारले पुरस्कार पनि दिदै आइरहेको छ । अहिले गाउँपालिक पुर्ण रुपमा स्मार्ट कृषि गाउँ बनाउन लागिपरिरहेको छ ।

कृषकहरुका समस्याको समाधान गर्र्र्ने विभिन्न कार्यक्रमहरु पनि गाउँपालिकाले गर्दै आइरहेको छ । गुल्मी जिल्लाको ग्रामिण क्षेत्रमा जलवायु परिवर्तन कृषि प्रविधिहरुको अध्ययन तथा प्रबद्र्धन कार्यक्रममा बोल्दै “गाउँपालिका प्रमुख भुपाल पोखरेलले धुर्कोट गाउँपालिकालाइ एउटा नमुना कृषि गाउँ बनाउन स्थानिय सरकार लागिपरेको बताउनुभयो ।” पुँजिवाला व्यक्तिहरुले कृषिमा लगानी नगर्ने भएकाले उत्पादन बढाउन गाह्रो भएको उहाँले बताउनुभयो । केहि वडाहरुमा कृषि प्राविधिक खटाइएको र आवश्यक परेमा पालिकाका सबै वडामा कृषि प्राविधिक खटाइने पनि उहाँले बताउनुभयो । सोहि अवसरमा उपाध्यक्ष शिव बहादुर केसिले पहिलेको किसानहरुको अवस्था र अहिलेको किसानहरुको अवस्थामा धेरै परिवर्तन भएको, अहिले आधुनिक किसिमले व्यवसायिक रुपमा किसानहरुले खेति गर्न थालेको बताउनुभयो । साथै किसानहरुले उत्पादन गरेको उत्पादित वस्तुको बजारीकरणको समस्याको समाधान गर्न पालिका लागि पर्ने पनि उहाँले बताउनुभयो ।
यस बर्ष धुकोर्ट गाउँपालिकामा उत्पादित वस्तु अन्य ठाउँहरुका निर्यात गरिने गरी कृषि उत्पानलाई बडवा दिइएको छ । गुल्मीमा सुन्तलाका बिरुवाहरु अन्य देशहरुबाट आयात गरिने हुँदा आयात रोक्नको लागि धुर्कोट गाउँपलिकाको वडा न.१ मा सुन्तला नर्सरीको लागि उपयुक्त जग्गा छनोट गरी नमुना सुन्तला नर्सरी तयार गरिने भएको छ । साथै त्यहाँ तयार भएका नर्सरीहरुलाई अन्य ठाउँहरुमा पनि निर्यात गरिने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • साहित्यमा झरको सैद्धान्तिक अवधारणा
  • नेपालको विदेश नीति गम्भिर मोडमा, भारतीय मिडियाहरुको नेपालप्रति खेदजनक प्रस्तुती
  • ओली सरकारले फेरि बढायो इन्धनको मूल्य
  • सार्वजनिक सवारी नचलाउने यातायात व्यवसायी राष्ट्रिय महासंघको निर्णय
  • निजी विद्यालयलाई समेटेर राहत प्याकेज घोषणा गरियोस्
  • कोरोना प्रभावितलाई सहयोग गरी हरियाली बनाउने लक्ष्य सहित फलफूलका बिरुवा…
  • गिरिजा प्रसाद कोइराला फाउण्डेशनले संघ-सस्थाहरु मार्फत निशुल्क शुद्व दुध वितरण…
  • विश्वविद्यालयलाई पार्टीका कार्यकर्ता भर्ती केन्द्र नबनाउन माग गर्दै उपकुलपतिलाई नेविसंघको…
  • रामजी ज्ञवालीको निर्देशनमा छोटो चलचित्र ‘लक डाउन’ सार्वजनिक
  • नेकपा धुर्कोट बस्तुद्वारा शोक सभा