मेरो बाल्यकालको भोगाई

६ चैत्र २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया


मनोज कार्की / गुल्मी  – पछिल्ला दिन राम्रा हो लान् तर बाल्यकाल विर्सन हुन्न । नर ाम्रा भएपति तर्सिन हुन्न । त्यसैले पनि आगामी दिनहरुमा हाम्रो मिहेनत र परिकल्पना अझ बलियो हुनुपर्दछ । लगनशिल र बलियो भएर जिवन अझ र ाम्रो बनाउनुपर्दछ ।अहो ! टारी खेतबाट एक बिहानै , करिब डेढ घण्टाको बाटो एक भारी घाँस लिएपछि बल्ल खाना खाएर स्कुल जानुको पिडा । खाना पनि कहिले काँहि मात्रै । कहिले त खाना पाक्दैन्थ्यो , स्कुल जान त बिहान ९ बजे हिड्नै पर्दथ्यो । पुग्न मात्रै करिब एक घण्टा त कहाँ लाग्थ्यो र स्कुल पुगेर साथीहरु संग खेल्नु मेरो लागि बेग्लै मज्जा थियो । साथिहरु संगको भेटघाट हुदाँ मलाई बिहानको थकाई पनि महसुस नभए जस्तो लाग्थ्यो । स्कुल बिदा भएपछि नास्ता खाएर सबै साथिहरु खेल्न जान्थ्ये तर त्यो रहर नभएको म पनि कहाँ होर । रहर हुदाँ हुदै मेरो पारिबारिक कामको बाध्यता र दबाब सम्झँदा त यो संसारको बोध आफु नै भएजस्तो लाग्थ्यो । कहिले काहिँ एकान्त बातबरण भएको ठाउँमा गएर घोरिएर सोच्ने गदथेँ । मलाई आफ्नो भबिष्य सम्झदाँ पनि दिक्क र बिरक्त लागेर आउँथ्यो । अहो ! त्यी दिनहरु … मलाई घरको काम गर्न पनि पारि बारिक बाध्यता तथा दबाब थियो । म २०५५ साल मंसिर २८ गते गुल्मी जिल्ला मालिका गाउँपालिका वडा नं ७ साबिकको वडा नं २ घमिरमा जन्मिएको हुँ । समय बिद्दै जान्छ तर मलाई आफ्नो बाल्यकालमा भोगेका दु.ख र पिडाले निकै पुराना यादहरु झल्काउँछ । आज म यो आफ्नो मनमा लागेका पिडा सबै सामु भन्न विबस छु । किनभने मन पनि हलुङ्गो हुन्छ भनेर । कतिपय दिनहरु त भोकभोकै वितेर गए । कुनै रात नसुतेर पनि वितेँ । स्कुल नजाँदै घरमा गर्नु परेका ती कामले आज पनि मलाई झसङ्ग बनाउँछ । घरमा गएपछि पढ्ने भन्ने त कुरा नै थिएन । घरका कामले म वाक्क नै हुन्थे । सधैको कामले कहिले त स्कुल छोडु जस्तै लाग्थ्यो ।खाना खाने समय बाहेक अरु समय बाआमा र घरमा कसैसँग भेटघाट हुन पनि गा्रह्रो पर्दथ्यो । सधै काममा मेलापात खेच र बारीमा हुन्थे । अरु मेरा उमेरका साथीहरुलाई कसै को चिन्ता हुने थिएन त्यो बेला । न त पढाइको चिन्ता , न त जिवनको चिन्ता । भोक लागे आमाको चिन्ता हुन्थ्यो । पाक्यो कि पाकेन भनेर । अनि पैसाि चाहिए बाबाको चिन्ता हुन्थ्यो , पैसा दिन्छन् कि नाई भनेर । मेरो बाल्यकाल यस्तो रहेन सधै पीडा नै पीडामा हुन्थे ँ । कसैले कति पैसा कमायो , कति के गर्यो भन्ने मनमा नै थिएन । आफु सधै भरी काममा नै ब्यस्त हुनुपर्दथ्यो ।घरमा गएर यस्सो किताब खो लेर पढ्थे । पढ्न त के पढ्ने होे पाना पल्टाएर हेर्ने मात्रै । त्यो पनि ने पाली किताब । ध्यान त सधै कविता र कथामा जान्थ्यो । अन्य किताबै नभएपनि नेपाली कै ब्याकरण पढे को भए पनि हुने हो नि , तर के गर्नु कविता र कथा पढ्नुको त्यो आनन्द । त्यो मज्जा । त्यो रहर । अनि रमाइला ती क्षणहरु ।

तर मेरा लागि पढ्ने समय एकदमै तोरै हुन्थ्यो सधै घरको काममा जोतिनुपर्दथ्यो ।यसैगरी उमेर १४ , १५ बर्षमा जान थाल्यो । किशोरअवस्था । घमण्डको उमेर । कसैले भनेको नमान्ने उमेर कसै लाई नटेड्ने उमेर । तर म त्यसो कहिल्यै गरिन् । कसैले यसो नगर पनि भनेन , तर खोई त्यस्तो बानी त मेरो मनमा कहिल्यै आएन । स्कुल जान भने रहर लाग्थ्यो । पढ्न होइन क्यारे , साथीसँग खेल्न अनि रमाउन रहर लाग्थ्यो । म त स्कुल कहिल्यै बिराइन् । नजान्ने हुन सम्म खेल्न र रमाउन स्कुल गएँ । तर रमाएर खुसी पनि कहिल्यै भइन् । सधै घरको काममा ब्यस्त हुनुपर्दथ्यो । अनि १० कक्षा पास गरेँ । १० कक्षा पछि त सहर पढ्न जाने भन्ने त गाउँको चलन थियो । तर म सहर जाने त कल्पना समेत थिएन । घरबाट एक घण्टा हिडेर जानुपर्दथ्यो गाउँको स्कुलमा । आखिरी गाउँकै त्यही स्कुलमा कक्षा ११ र १२ पढ्न बाध्य हुनुपर्यो । पढेपनि । अबका ती दिनहरुमा बाल्यकाललाई चाहेर पनि फर्काउन सकिन्न अब ती दिनहरु । दुखका दीनहरुसँग रमाए पनि ती दिनहरु मलाई त सम्झिँदा पनि आनन्द त कहिले आँशु पनि झर्ने गर्दछन् । जे जसो भएपनि फे रि पनि त्यहि बाल्यकालमा फर्किन्छु जस्तो लाग्छ । तर के गर्नु चाहाना त चाहान्छु नि , चाहेर पनि फर्किभएपछि नास्ता खाएर सबै साथिहरु खेल्न जान्थ्ये तर त्यो रहर नभएको म पनि कहाँ होर । रहर हुदाँ हुदै मेरो पारिबारिक कामको बाध्यता र दबाब सम्झँदा त यो संसारको बोध आफु नै भएजस्तो लाग्थ्यो । कहिले काहिँ एकान्त बातबरण भएको ठाउँमा गएर घोरिएर सोच्ने गदथेँ । मलाई आफ्नो भबिष्य सम्झदाँ पनि दिक्क र बिरक्त लागेर आउँथ्यो । अहो ! त्यी दिनहरु … मलाई घरको काम गर्न पनि पारि बारिक बाध्यता तथा दबाब थियो । म २०५५ साल मंसिर २८ गते गुल्मी जिल्ला मालिका गाउँपालिका वडा नं ७ साबिकको वडा नं २ घमिरमा जन्मिएको हुँ । समय बिद्दै जान्छ तर मलाई आफ्नो बाल्यकालमा भोगेका दु.ख र पिडाले निकै पुराना यादहरु झल्काउँछ । आज म यो आफ्नो मनमा लागेका पिडा सबै सामु भन्न विबस छु । किनभने मन पनि हलुङ्गो हुन्छ भनेर । कतिपय दिनहरु त भोकभोकै वितेर गए । कुनै रात नसुतेर पनि वितेँ । स्कुल नजाँदै घरमा गर्नु परेका ती कामले आज पनि मलाई झसङ्ग बनाउँछ । घरमा गएपछि पढ्ने भन्ने त कुरा नै थिएन । घरका कामले म वाक्क नै हुन्थे । सधैको कामले कहिले त स्कुल छोडु जस्तै लाग्थ्यो । खाना खाने समय बाहेक अरु समय बाआमा र घरमा कसैसँग भेटघाट हुन पनि गा्रह्रो पर्दथ्यो । सधै काममा मेलापात खेच र बारीमा हुन्थे । अरु मेरा उमेरका साथीहरुलाई कसै को चिन्ता हुने थिएन त्यो बेला । न त पढाइको चिन्ता , न त जिवनको चिन्ता ।भोक लागे आमाको चिन्ता हुन्थ्यो । पाक्यो कि पाकेन भनेर । अनि पैसाि चाहिए बाबाको चिन्ता हुन्थ्यो , पैसा दिन्छन् कि नाई भनेर । मेरो बाल्यकाल यस्तो रहेन सधै पीडा नै पीडामा हुन्थे ँ ।

कसैले कति पैसा कमायो , कति के गर्यो भन्ने मनमा नै थिएन ।आफु सधै भरी काममा नै ब्यस्त हुनुपर्दथ्यो ।घरमा गएर यस्सो किताब खो लेर पढ्थे । पढ्न त के पढ्ने होे पाना पल्टाएर हेर्ने मात्रै । त्यो पनि ने पाली किताब । ध्यान त सधै कविता र कथामा जान्थ्यो । अन्य किताबै नभएपनि नेपाली कै ब्याकरण पढे को भए पनि हुने हो नि , तर के गर्नु कविता र कथा पढ्नुको त्यो आनन्द । त्यो मज्जा । त्यो रहर । अनि रमाइला ती क्षणहरु । तर मेरा लागि पढ्ने समय एकदमै तोरै हुन्थ्यो सधै घरको काममा जोतिनुपर्दथ्यो । यसैगरी उमेर १४ , १५ बर्षमा जान थाल्यो । किशोरअवस्था । घमण्डको उमेर । कसैले भनेको नमान्ने उमेर कसै लाई नटेड्ने उमेर । तर म त्यसो कहिल्यै गरिन् । कसैले यसो नगर पनि भनेन , तर खोई त्यस्तो बानी त मेरो मनमा कहिल्यै आएन । स्कुल जान भने रहर लाग्थ्यो । पढ्न होइन क्यारे , साथीसँग खेल्न अनि रमाउन रहर लाग्थ्यो । म त स्कुल कहिल्यै बिराइन् । नजान्ने हुन सम्म खेल्न र रमाउन स्कुल गएँ । तर रमाएर खुसी पनि कहिल्यै भइन् । सधै घरको काममा ब्यस्त हुनुपर्दथ्यो । अनि १० कक्षा पास गरेँ । १० कक्षा पछि त सहर पढ्न जाने भन्ने त गाउँको चलन थियो । तर म सहर जाने त कल्पना समेत थिएन । घरबाट एक घण्टा हिडेर जानुपर्दथ्यो गाउँको स्कुलमा । आखिरी गाउँकै त्यही स्कुलमा कक्षा ११ र १२ पढ्न बाध्य हुनुपर्यो । पढेपनि । अबका ती दिनहरुमा बाल्यकाललाई चाहेर पनि फर्काउन सकिन्न अब ती दिनहरु । दुखका दीनहरुसँग रमाए पनि ती दिनहरु मलाई त सम्झिँदा पनि आनन्द त कहिले आँशु पनि झर्ने गर्दछन् । जे जसो भएपनि फे रि पनि त्यहि बाल्यकालमा फर्किन्छु जस्तो लाग्छ। तर के गर्नु चाहाना त चाहान्छु नि , चाहेर पनि फर्किन नसक्ने ती बाल्यकालका दिनहरु ओहो सम्झिँदा पनि हाँसो लाग्छ , आँशु पनि आउँछन् , आँखा रसाउँछन् । अब मलाई मात्रै होइन तपाई लगायत सबैलाई पनि बाल्यकाल एक सम्झना मात्रै हुने छ । भएको छ । सम्झनु मात्र हो अब । तर बाल्यकाल मात्रै सम्झिएर दिनहरु विताउँदैनौँ । बाल्यकाल सम्झिँदै आगामी दिन झन् सुन्दर अनि रमाइलोपनको अनुभूति गर्ने खालका हुनेछन् । अहिलेसम्म म जहाँ छु , अझै पनि त्यो ठाउँभन्दा माथिका स्थानहरुमा रमाउन चाहान्छु , जान चाहान्छु । पछिल्ला दिनहरुमा पनि ती दिनहरुलाई सम्झिँदै अगाडी बढ्न चाहान्छु । अबको दिन बाल्यकाल भन्दा अझ बढी सुन्दर बनाउनु छ , सम्झनाहरुलाई हामी शक्तिमा बदल्नुपर्दछ । पछिल्ला दिन राम्रा होलान् तर बाल्यकाल विर्सन हुन्न । नराम्रा भएपति तर्सिन हुन्न । त्यसैले पनि आगामी दिनहरुमा हाम्रो मिहेनत र परिकल्पना अझ बलियो हुनुपर्दछ । लगनशिल र बलियो भएर जिवन अझ राम्रो बनाउनुपर्दछ । “त्यसैले बाल्यकालका हरेक दिनहरु सम्झिएर हाम्रो भविष्य सून्दर बनाउनुपर्दछ ।……मनोज कार्की गल्मी साप्ताहिक पत्रिकाका प्रबन्ध निर्देशक हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया