भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा ‘जनता कर्फ्यू’ घोषणा

६ चैत्र २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया


एजेन्सी – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा जनता कर्फ्यूको घोषणा गरेका छन् ।बिहीबार साँझ टेलिभिजन स‌म्बोधनमा प्रधानमन्त्री मोदीले कोरोना भाइरसको महामारी रोक्न आउँदो आइतबार भारतमा जनता कर्फ्यूको घोषणा गरेका हुन् ।उनले आउँदो आइतबार विहान ७ बजेदेखि साँझ ९ बजेसम्म सवै नागरिकलाई अत्यावश्यकबाहेक घरबाट बाहिर ननिस्किँन आग्रह गरेका छन्।

सम्बोधनका क्रममा प्रधानमन्त्री मोदीले कोरोनाका कारण विश्वमा संकट गुज्रिरहेको बताउँदै सरकारको निर्देशन पूर्ण रुपमा पालना गर्न समेत आग्रह गरे । उनले भने, ‘कोरोनाको संकट सामान्य कुरा होइन ।’उनले जनता कर्फ्यूको दिन साँझ ५ बजे घरको ढोकामा उभिएर ५ मिनेट ताली, थाल र घण्टी बजाएर नागरिकको हौसला बढाउन समेत आग्रह गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया