कांग्रेसले राखेको माग पुरा नगरेपछी प्रदेश सभा बैठक छैठौ पटक अवरुद्ध

प्रकाशित मिति:

पोखरा । गण्डकी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण आज छैठौ पटक पनि स्थगन भएको छ। प्रदेशसभा सचिवालयसम्बन्धी विधेयकका केही बुँदामा असहमति राखेको कांग्रेसले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधिलाई समेत मिचिएको भन्दै प्रदेशसभा अवरुद्ध गरीएको सांसद भागवत प्रकाश मल्लले जानकारी दीनु भएको छ । कांग्रेसले प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकमा सचिवालयका सचिवको असीमित अधिकारलाई सीमित गर्नुपर्ने माग गरेको पार्टी संसदीय दलका प्रमुख सचेतक मणिभद्र शर्मा कँडेलले जानकारी दिए। निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमका सञ्चालन सम्बन्धमा कार्यविधि मिचेर नेकपा नेतृत्वको सरकारले आफ्ना सांसदको इच्छानुसार गर्न लागेको जनाउँदै उनले आफूहरूले त्यसको विरोध गरेको बताए। आफूहरूका माग सम्बोधन नहुँदासम्म कांग्रेसले प्रदेशसभा अवरोध जारी राख्ने प्रदेश सांसद भागवत प्रकाश मल्लको भनाई रहेको छ।