भाइरसको संक्रमणबाट बच्नका लागि खेलकुद प्रतियोगिता स्थगित [ विज्ञप्तिसहित ]

६ चैत्र २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं – बागमती प्रदेश अन्तर्गतको प्रदेश खेलकुद विकास परिषदले अर्को सूचना नभएसम्मका लागि सबै खेलकुद प्रतियोगिताहरूका कार्यक्रमहरू स्थगित गरेको छ ।परिषदका सदस्य सचिव सूर्यलाल भण्डारीले बिहीबार सूचना जारी गरेर केन्द्र सरकारको निर्णय र निर्देशनअनुसार कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि खेलकुद प्रतियोगिताहरू स्थगित गरिएको जनाएका छन् ।

यो विज्ञप्तिसँग बागमती प्रदेशमा चैतको २१ गतेदेखि २८ गतेसम्म हुने भनिएको सबै प्रतियोगिताहरू स्थगित भएका छन् ।‘कोरोना भाईरस संक्रमणका कारण प्रदेशस्तरीय खेलकुद प्रतियोगिता लगायत प्रदेशभित्र हुने सबै खेलकुद कार्यक्रहरू अर्को सूचना नभएसम्मको लागि स्थगित गरिएको छ’, विज्ञप्तिमा भनिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया