नेपाली जन सम्पर्क समिती क्यानाडको अपिल

७ चैत्र २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया


आदरणीय जनसमुदाय हरु नमस्ते,जय नेपाल  – सर्व प्रथम नेपाली जनसम्पर्क समिती क्यानाडाद्धारा आयोजित निशुल्क कर क्यामपमा यहाँ हरुले गत हप्ता उत्साहजनक रुपमा उपस्थित भई फ्री टयाक्स फाइल गरी हाम्रो कार्यक्रम लाई सफल बनाउन सहयोग गर्नुभएकोमा यहाँ हरु सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दाछौ । आदरणीय बुवा मुवा दाजु भाई दिदी बहिनी बिश्व कोरोना भाईरसको माहामारी बाट आतंकित छ यसै क्रममा यस महामारी बाट विश्वभरी नै ज्यान गुमाउने को संख्या ९३८९ छ, संक्रमित हुनेका संख्या २३०४९६ छ नयाँ संक्रमित ११७०८ आज नयाँ मृत्यु हुने संख्या ४४६ र जम्मा संक्रमित भइृ उपचार सफल ८६२५६ रहेको एक तथ्यांक ले जनाएको छ । केही देश तर्फ बढ्दै गईरहेको छ भने केही देशहरुमा रोक थाम भइरहेको खबरहरु पनि प्राप्त भईरहेका छन् । यसै सन्दर्भमा क्यानाडमा पनि यस महामारी बाट करिब ७७० केश छन् जसबाट जम्मा ९ जनाको मृत्यु भएको र ४३ नयाँ केश को रुपमा छन् । यसै सन्दर्भमा क्यानाडा सरकार ले उच्च सतर्कताका साथ यसको रोक थाम उपचार र राहत प्याकेज घोषणा गरको छ । सरकार ले गरेको संक्रमणकालिन काल र यस बाट मानब जिबन मा पर्न जाने असरलाइृ मध्यनजर गर्दै नेपाली जन सम्पर्क समिती द्धारा निर्धारित गरीएका सम्पुर्ण कार्यक्रमहरु हालका लागी स्थगीत गरीएका छन् । साथै यस महामारी बाट आफु र आफ्नो परीवार लाई सुरक्षित राख्नका लागी बिश्व स्वास्थय संगठन, क्यानेडियन हेल्थ डिपार्टमेन्ट बाट जारी गरीएको हेल्थ टिप्सलाई अवलम्बन गर्नुहुन हार्दिक अनुरोध गर्दछौ । साथै यसै समिती द्धारा पूर्व निर्धारित कार्यक्रमहरु रद्द् गरियको
१- दोश्रो Free Tax File कार्य क्रम
२- onrario क्यानाडाका भिभिन्न शहर हरुमा नेपाली हिट चलचित्र सेन्टी भाईरस लगाइ नेपाल मा धुर्मुस सुन्तली द्वारा निर्मित क्रिकेट रँग सालाको र क्यानाडामा रहेको नेपाली क्रिकेट क्लब लाई साहयोगार्थ कार्यक्रम
३- Summer BBQ कार्यक्रम
४- नेपाली कांग्रेस पार्टिको १४ महाधिबेसन मा क्यानाडा बाट प्रितीनिधी जानकोलागि तयारी सक्रिय सदस्य बितरन कार्यक्रमहरु
अत :कोरोना महामारी को प्रकोप रोकिए संगै र क्यानाडा सरकारले कोरोना को पूर्ण निराकरन गरेको घोषणा गरी जन जिबन पहीले को जस्तै सामन्य् भयमा हाम्रा माथि उल्लेखित कार्यक्रमहरु पुनः संचालन हुने व्यहोरा अवगत गराउन चाहन्छौ यो बिच मा यहाँहरुलाइ कुनै त्यस्तो अत्यवश्यक सेवा लिन परेमा समस्या परेमा जन सम्पर्क समिती यहाँ हरुको सेवामा तत्काल लाग्ने छौ भन्ने प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छौ। यदी नेपाली कम्युनिटीमा कुनै समस्या आई परेमा जन सम्पर्क समिती का सभापति बुद्धि प्रकाश वली ः ९०५ ५१० ४४६८ उप सभापति चन्दा अधिकारी ३६५ ७७३ ८८८५ महामन्त्रि बसन्त कार्की ६४७ ५७२ ५७४० मा तत्काल सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गर्दछौ |
अन्तमा :यो महामारी समयमा अत्यन्त सजग रहि बस्नुहुन को लागी र तपाईं हामी नेपाली हरु यो दु:खद समयमा सामना गर्नको लागि पुराना कुरा छोडि सबै भाई चाराको रुपमा आपस मा हातमा हात मिलाई सहयोगि बनौ भनी हार्दिक अपिल गर्दछौ ।
धन्यवाद।
चन्दा अधिकारि
का वा सभापति
नेपाली जनसम्पर्क् समिती क्यानाडा
NPCC-Canada

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • एनआरएनए स्पेन द्वारा स्वर्गिय भबिस्यता न्यौपानेको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण
  • आज मंगलबारको राशिफल
  • बुटवलमा मंगलवार बिहानै एक संक्रमितको मृत्यु
  • जि पि कोइराला फाउण्डेशन अमेरिकाले २८औं पटक निशुल्क दुग्धजन्य पदार्थहरू…
  • कांग्रेस नेता हरिबोल भण्डारी द्धारा राहत वितरण
  • एभरेस्ट आयल सप्लायरमा आगलागी
  • बैदेशिक रोजगारबाट फर्किएकाहरुका लागी एक दिने गहन अभिमुखी करण कार्यक्रम…
  • कांग्रेसका सांसदहरूले फिर्ता गरे दशैं भत्तावापतको रकम
  • कोरोनाको परीक्षण र उपचार जनताले नै गर्नुपर्ने निर्णय फिर्ता लिन…
  • बुटवलको सिंह कम्प्लेक्समा सञ्चालनमा आयो खस्यौली स्नोकर क्लब