कोरोनाबाट आज सम्म १० हजारको मृत्यु, दुई लाख ४५ हजार बिरामी

७ चैत्र २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया

korona

काठमाडौं । चीनको वुहानबाट सुरू भएको कोरोना भाइरसको संक्रमण संसारका एक सय ८० देशमा पुगेको छ। शुक्रबार बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट १० हजार ४७ जनाले ज्यान गुमाएका छन्। दुई लाख ४५ हजार आठ सय ५९ जनामा संक्रमण देखिएको छ। कोरोना भाइरसको संक्रमणबाट चीनमा भन्दा पनि इटालीमा धेरैको मृत्यु भएको छ। शुक्रबार बिहानसम्म इटालीमा तीन हजार चार सय पाँच जनाले ज्यान गुमाएका छन्। त्यस्तै, ४१ हजार ३५ जनालाई कोरोना भाइरसको संक्रमण भएको छ।

त्यसपछि चीनमा मृतकको संख्या तीन हजार दुई सय ४८ पुगेको छ। चीनमा ८० हजार नौं सय ६७ बिरामी परेका छन्। त्यस्तै, इरानमा १८ हजार चार सय सात, स्पेनमा १८ हजार ७७, जर्मनीमा १५ हजार तीन सय २०, अमेरिकामा १४ हजार तीन सय ६३ र फ्रान्समा १० हजार नौ सय ९५ जना बिरामी परेका छन्।त्यसमध्ये इरानमा एक हजार दुई सय ८४, स्पेनमा आठ सय ३१, जर्मनीमा ४४, अमेरिकामा दुई सय १७ र फ्रान्समा ९४ जनाको मृत्यु भएको छ। संसारभर कोरोना भाइरसको संक्रमण हुने क्रम रोकिएको छैन। बिरामी निको हुने क्रम भने बढ्दै गएको छ। शुक्रबारसम्म ८८ हजार चार सय ४१ जना निको भएर घर फर्केका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • एभरेस्ट आयल सप्लायरमा आगलागी
  • बैदेशिक रोजगारबाट फर्किएकाहरुका लागी एक दिने गहन अभिमुखी करण कार्यक्रम…
  • कांग्रेसका सांसदहरूले फिर्ता गरे दशैं भत्तावापतको रकम
  • कोरोनाको परीक्षण र उपचार जनताले नै गर्नुपर्ने निर्णय फिर्ता लिन…
  • बुटवलको सिंह कम्प्लेक्समा सञ्चालनमा आयो खस्यौली स्नोकर क्लब
  • २४ घण्टामा ३७९० संक्रमित थपिए, उपत्यकामा २३८८, मृत्यु हुने १८…
  • प्रजातान्त्रिक महासंघको सुचना प्रविधि तथा प्रचार बिभागको सचिबमा निरज
  • भैरहवा क्षेत्रमा हुने ओभरलोड तथा ट्राफिक नियम विपरित हुने कार्य…
  • नागरिकलाई सुरक्षित रहदै चाडपर्व मनाउन अनुरोध
  • जिपि कोइराला फाउण्डेसन साइप्रसकीसंयोजक दुलाल द्धारा विद्यार्थीलाई सहयोग